मुर्लीका बुजुर्गसँग अनिल रुङटाको सघन संवाद, कांग्रेसप्रति विश्वास झनै मजबुत

Spread the love

बीरगञ्ज , माघ १९

नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुङटाले बिरगंज महानगरपालिका–१२ मुर्लीका स्थानीय बुजुर्गहरूसँग भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

भेटघाटका क्रममा आसन्न निर्वाचन, क्षेत्रका विकासका प्राथमिकता, सामाजिक सद्भाव तथा संगठन सुदृढीकरणका विषयमा खुला संवाद भएको थियो। स्थानीय आदरणीय बुबा तथा दाजुभाइहरूले क्षेत्रको समस्या, आवश्यकताबारे सुझाव दिँदै नेपाली कांग्रेसप्रति आफ्नो भरोसा र समर्थन व्यक्त गरेका थिए।

उम्मेदवार रुङटाले स्थानीयको सुझाव र अपेक्षालाई गम्भीरतापूर्वक लिँदै जनताको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले निरन्तर संवाद, आपसी एकता र सहकार्यकै माध्यमबाट मात्र समृद्ध क्षेत्र निर्माण सम्भव हुने बताए।

भेटघाटमा देखिएको उत्साह, सुझाव र प्रतिबद्धताले चुनावी अभियानलाई थप सशक्त र ऊर्जावान बनाएको नेपाली कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्। संगठनभित्रको आपसी एकता र सक्रिय सहभागितालाई आगामी निर्वाचनमा जितको बलियो आधारका रूपमा लिइएको छ।

Scroll to Top