पर्सागढी – २ को हरदासपुरमा राप्रपाकी बिना जयसवाल कुर्मीको घरदैलो तिब्र

Spread the love

बीरगञ्ज , फाल्गुन ४ 

पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिना जयसवाल कुर्मी ले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेकी छन्।

सोमबार उनले पर्सागढी नगरपालिका–४ हरदासपुरमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरिन्। घरदैलोका क्रममा कुर्मीले आगामी निर्वाचनमा राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराएकी थिइन्।

मतदाताको घरघरमा पुगेर आफ्ना एजेन्डा र योजनाबारे स्पष्ट पार्दै कुर्मीले क्षेत्रको समग्र विकासका लागि राप्रपा नेतृत्व अपरिहार्य भएको जिकिर गरिन्। उनले पर्सा क्षेत्र नम्बर २ मा आधारभूत पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।

घरदैलो कार्यक्रममा सहभागी स्थानीयवासीले दैनिक जीवनसँग सम्बन्धित सडक, खानेपानी, सिँचाइलगायतका समस्या र सुझाव उम्मेदवारसमक्ष राखेका थिए। ती समस्याको समाधानका लागि राजनीतिक तहबाट सम्भव सहयोग गर्ने आश्वासन कुर्मीले दिएको अभियान टोलीले जनाएको छ।

राप्रपाले पर्सा–२ लाई प्रभावकारी क्षेत्र बनाउने रणनीतिअनुसार वडा तथा टोल स्तरसम्म घरदैलो, छलफल र भेटघाट कार्यक्रमलाई अझ सघन बनाउँदै लैजाने जनाएको छ।

Scroll to Top