बीरगञ्ज , फाल्गुन ६
पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिकाको हरदासपुरस्थित दुई वटा टोलमा जनजागरण कार्यक्रम तथा स्थानीय अगुवाहरूसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा सहभागीहरूसँग प्रत्यक्ष संवाद गर्दै राष्ट्र निर्माणका लागि एक मतको महत्वबारे जानकारी गराइएको थियो। “एक भोट राष्ट्रका लागि, हर हर कमल घर घर कमल” भन्ने नारासहित युवाहरू, महिला तथा विद्यार्थीलाई उच्च सम्मान, किसानलाई प्राथमिकता, खेलकुद क्षेत्रको प्रवर्द्धन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण, रामायण सर्किट निर्माणजस्ता दीर्घकालीन विकास योजनाबारे स्पष्ट धारणा प्रस्तुत गरिएको थियो।
यसका साथै आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल, रामराज्य स्थापना, भ्रष्टाचारमुक्त समाज, शिक्षा–स्वास्थ्यमा सुशासन, रोजगारी सिर्जना तथा क्षेत्रको समृद्धिका विषयमा विशेष जोड दिइएको थियो।
कार्यक्रमको अन्त्यमा आगामी निर्वाचनमा नेपाल जनता पार्टीको चुनाव चिन्ह कमल छापमा मतदान गरी परिवर्तन, स्वाभिमान र समृद्धिको यात्रामा साथ दिन स्थानीय मतदातासँग अपिल गरिएको थियो।


