Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Arjun Chaudhary
वीरगञ्ज, जेष्ठ २२ वीरगञ्ज महानगरपालिका–१३ राधेमाईस्थित एस.आर. ग्यालेक्सी एकेडेमीमा शुक्रबार भव्य रूपमा पदभार ग्रहण (इन्भेस्टिचर) समारोह सम्पन्न भएको छ। विद्यार्थीहरूमा नेतृत्व विकास, अनुशासन, जिम्मेवारीबोध तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालयका नवनियुक्त हेड ब्वाई, हेड गर्ल, सहायक हेड ब्वाई, सहायक हेड गर्ल, हाउस कप्तान, उपकप्तान, खेलकुद कप्तान लगायत विभिन्न जिम्मेवारी प्राप्त विद्यार्थीहरूलाई आधिकारिक रूपमा ब्याच वितरण गरिएको थियो। कार्यक्रमको अध्यक्षता विद्यालयकी अध्यक्ष रीता कुशवाहाले गरेकी थिइन् भने प्रधानाध्यापक तथा निर्देशक शर्मानन्द कुशवाहाले विद्यार्थीहरूको नेतृत्व विकासमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताए। कार्यक्रममा…
वीरगञ्ज , जेष्ठ २२ हरि खेतान बहुमुखी क्याम्पसमा नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. रामऔतार खेतान, उपाध्यक्ष हरि प्रसाद गौतम, सदस्य सचिव किशोरी राय तथा सल्लाहकार जय प्रकाश खेतान लगायतको सहभागिता रहेको थियो। उक्त अवसरमा नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गर्दै क्याम्पसको समग्र शैक्षिक विकास, गुणस्तर अभिवृद्धि तथा संस्थागत सुदृढीकरणका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले क्याम्पसको हितलाई केन्द्रमा राखी विद्यार्थीमैत्री वातावरण निर्माण, शैक्षिक उत्कृष्टता कायम राख्ने तथा संस्थालाई थप उन्नत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रमले पदाधिकारीहरूबीच आपसी परिचय, समन्वय तथा भावी कार्ययोजनाबारे साझा समझदारी विकास गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।
वीरगञ्ज, २१ जेठ — ग्रीन सिटी प्रहरी सामुदायिक सेवा केन्द्रद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको खेलमैदानमा बृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण तथा हरित सहर निर्माणको उद्देश्यसहित आयोजित कार्यक्रममा करिब १०० वटा विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको ग्रीन सिटीका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए। उनका अनुसार वातावरणलाई हरियो, स्वच्छ र स्वस्थ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। ग्रीन सिटी प्रहरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। त्यसैगरी मधेश प्रहरी प्रमुख एसएसपी शान्तिराज कोइराला विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा…
वीरगन्ज,२०जेठ:पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी घर भएका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई)शक्ति राम काभ्रेपलान्चोकमा युवतीसहित मृत फेला परेका छन्। गएको वैशाख १९ गते गणबाट २ दिनको विदा लिएर हिँडेका राम बुधबार बिहान काभ्रेको पाँचखाल नगरपाािलका वडा नम्बर ३ ठुली सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ। नजिकै अर्को रुखमा कैलालीकाे घोडाघोडी नगरपालिका १ की २६ वर्षकी शर्मिला चौधरी पनि मृत फेला परेकी छन्।गत बैशाख १८ गते शक्ति रामलाई भेट्न भन्दै उनी काभ्रे आएकी थिइन्। सशस्त्र प्रहरी बल नम्बर १५ गण काभ्रे दरबन्दी भएका राम वैशाख १९ गते २…
वीरगञ्ज, २० जेठ सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध संस्था सर्कल अफ केयर ले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई एक थान पानी डिस्पेन्सर हस्तान्तरण गरेको छ। ट्राफिक प्रहरी कर्मचारी तथा सेवाग्राहीलाई स्वच्छ र सुरक्षित खानेपानीको सहज पहुँच उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको संस्थाले जनाएको छ। यसबाट कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूको दैनिक कार्यसम्पादनमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा गरिएको छ। हस्तान्तरण कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधिहरू तथा सर्कल अफ केयरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमका क्रममा औपचारिक रूपमा पानी डिस्पेन्सर हस्तान्तरण गरिएको हो। सर्कल अफ केयरले समुदायको आवश्यकता पहिचान गर्दै विभिन्न सामाजिक सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। संस्था र…
वीरगञ्ज, जेष्ठ २० भारतीय विश्वविद्यालय तथा कलेजहरूमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि लक्षित “स्टडी इन इन्डिया एक्स्पो” आगामी जेठ २८ गते वीरगञ्जमा आयोजना हुने भएको छ। शिक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुने निःशुल्क एक्स्पो वीरगञ्जस्थित सरोवर पोर्टिको होटेलमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।आयोजक अफेयर्स नेपालका प्रबन्ध निर्देशक कुमार थपलियाका अनुसार एक्स्पोमा भारतका २५ भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूको प्रत्यक्ष सहभागिता रहनेछ। कार्यक्रममा विद्यार्थीहरूले कलेजका आधिकारिक प्रतिनिधिसँग सिधै भेटघाट तथा अन्तरक्रिया गर्दै स्नातक, स्नातकोत्तर तथा अन्य दुई सयभन्दा बढी शैक्षिक कार्यक्रमबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन्। एक्स्पोमा इन्जिनियरिङ, व्यवस्थापन, सूचना प्रविधि, चिकित्सा तथा पारा–चिकित्सा,…
वीरगञ्ज, जेठ १९ वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसको सञ्चालक समिति पुनर्गठन गरिएको छ। क्याम्पस सञ्चालक समितिको २०८३ जेठ १६ गते सम्पन्न बैठकले नयाँ पदाधिकारी तथा सदस्यहरूलाई सर्वसम्मत रूपमा चयन गरेको हो। क्याम्पसद्वारा जारी सूचनाअनुसार पुनर्गठित सञ्चालक समितिको अध्यक्षमा डा. रामऔतार खेतान चयन भएका छन्। त्यसैगरी उपाध्यक्षमा हरि प्रसाद गौतम तथा कोषाध्यक्षमा सुरेश कुमार रुंगटा चयन भएका छन्। समितिका सदस्यहरूमा बेद बहादुर कार्की, श्रीमती बर्जित कौर र किशोरी राय रहेका छन्। साथै जयप्रकाश खेतानलाई समितिको सल्लाहकारको जिम्मेवारी प्रदान गरिएको छ। क्याम्पस प्रशासनले नवगठित सञ्चालक समितिले क्याम्पसको शैक्षिक, प्रशासनिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ। साथै संस्थाको समग्र…
वीरगञ्ज, १९ जेठ वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह अदालतको आदेशपछि रिहा भएका छन्। पर्सा जिल्ला अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि प्रहरीले नियन्त्रणमुक्त गरेको हो। मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सिंह रिहा भएको जानकारी सार्वजनिक गरेका हुन्। यसअघि नागरिकता लिखतसम्बन्धी गम्भीर कसुरको अनुसन्धानका क्रममा प्रहरीले मेयर सिंहलाई पक्राउ गरेको थियो। पर्सा जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको विशेष टोलीले उनलाई पर्साको ठोरीस्थित ‘ठोरी भिलेज रिसोर्ट’बाट नियन्त्रणमा लिएको थियो। प्रहरीका अनुसार सिंहविरुद्ध लिखत किर्तेसम्बन्धी मुद्दामा अदालतको आदेशअनुसार जेठ ८ गते पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि जेठ…
वीरगञ्ज, १९ जेठ प्रकृति सेवा प्रतिष्ठान नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा वातावरण दिवस २०८३ को पूर्वसन्ध्यामा साताव्यापी कार्यक्रमअन्तर्गत मंगलबार व्यापक सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। वीरगञ्ज–९ रानीघाटस्थित जीवन ज्योति स्कुल परिसरबाट सुरु भएको सरसफाइ अभियान गल्ली, सडक तथा पेटी हुँदै घण्टाघरसम्म पुगेको थियो। त्यसपछि सहभागीहरूले वीरगञ्ज चिनीमिल आवास क्षेत्रमा रहेको प्रसिद्ध पशुपतिनाथ मन्दिर परिसरमा समेत सरसफाइ गर्दै वातावरण संरक्षण तथा स्वच्छताको सन्देश प्रवाह गरेका थिए। प्रकृति सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा सम्पन्न कार्यक्रममा जीवन ज्योति स्कुलका सञ्चालक मीनाक्षी कर्माचार्य गुप्ता, प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव…
वीरगन्ज , जेठ १८ प्रधानमन्त्री वालेन्द्र शाहले ‘भारतको भूमि पनि नेपालले मिचेको छ’ भन्ने अभिव्यक्ति दिएलगत्तै भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोली नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरी नेपाली भूमिमा निर्माणाधीन तटबन्धको काममा अवरोध गरेको छ। स्थानीयका अनुसार आइतबार साँझ करिब ४०–५० जना एसएसबी सुरक्षाकर्मी नेपाली भूमिमा प्रवेश गर्दै सुस्ता गाउँपालिका–५ मा निर्माण भइरहेको तटबन्धको काम रोक्न दबाब दिएका थिए। त्यसपछि हालका लागि निर्माण कार्य स्थगित गरिएको छ। सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय पक्षले दाबी गरेको क्षेत्रभन्दा निकै भित्र नेपाली भूमिमै तटबन्ध निर्माण भइरहेको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मी आएर काम रोक्न दबाब दिएको बताए डुबानको उच्च जोखिममा रहेको…