Penci Finance only working with the Soledad theme.

Penci Sport plugin only working with the Soledad theme.

https://newsparsa.com/ न्युजपर्सा , छापा वा रेडियो भन्दा फरक ढाँचामा समाचार प्रवाह गर्न समर्पित छ। समाचार साइटहरूमा सबै दर्शकहरूले "समाचार" मान्न नसकिने, तर मनोरञ्जन, खेल र समाचारहरू समावेश गर्न सक्ने धेरै प्रकारका जानकारी भएका साइटहरू समावेश हुन्छन्। Sun, 09 Aug 2026 10:58:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 पुनःपरीक्षणपछि ४ जीपीए ल्याउँदै नेपाल टपर बनेका आरव र आयुशीलाई गौतम माविको सम्मान https://newsparsa.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a5%aa-%e0%a4%9c%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%8f-%e0%a4%b2/ https://newsparsa.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a5%aa-%e0%a4%9c%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%8f-%e0%a4%b2/#respond Sun, 09 Aug 2026 10:58:45 +0000 https://newsparsa.com/?p=4289 वीरगञ्ज । कठिन मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह […]

The post पुनःपरीक्षणपछि ४ जीपीए ल्याउँदै नेपाल टपर बनेका आरव र आयुशीलाई गौतम माविको सम्मान appeared first on .

]]>
वीरगञ्ज । कठिन मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै सावित गरेका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा सुरुमा ३.९ जीपीए प्राप्त गरेका उनीहरूले पुनःपरीक्षणपछि ४ जीपीए हासिल गर्दै नेपाल टपर बन्न सफल भएका छन्।

एसईईको प्रारम्भिक नतिजामा आरव र आयुशीले ३.९ जीपीए प्राप्त गरेका थिए। कम्प्युटर विषयमा भने ‘ए’ ग्रेड मात्रै आएपछि उनीहरू निराश बने। आफूले परीक्षामा दिएको उत्तरप्रति पूर्ण विश्वास हुँदाहुँदै अपेक्षित नतिजा नआएपछि उनीहरूले अभिभावक र विद्यालयको सहयोगमा पुनर्गणनाका लागि निवेदन दिए।

पुनर्गणनाबाट समेत नतिजामा अपेक्षित सुधार नभएपछि उनीहरूले हार मानेनन्। आफ्नो मेहनत र उत्तरप्रति विश्वस्त रहेका दुवै विद्यार्थी अन्तिम प्रयासका रूपमा राष्ट्रिय परीक्षा बोर्ड पुगेर उत्तरपुस्तिकाको पुनःपरीक्षण गराए।

तीन जना परीक्षकले उत्तरपुस्तिका पुनः जाँच गरेपछि औसत अंकका आधारमा कम्प्युटर विषयमा ‘ए प्लस’ प्राप्त भयो। त्यससँगै दुवै विद्यार्थीले ४ जीपीए हासिल गर्दै नेपाल टपर बन्न सफल भए। उनीहरूको यो उपलब्धि केवल अंक सुधारको विषय नभई आत्मविश्वास, आत्मबल र मेहनतको जितका रूपमा विद्यालयले लिएको छ।

दुवै विद्यार्थीको संघर्ष र सफलताको कदर गर्दै गौतम माविले सम्मानस्वरूप उनीहरूलाई ल्यापटप प्रदान गरेको छ। विद्यालयको प्रार्थना समयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक गणेश क्षेत्री, सहायक प्रधानाध्यापक ललित कर्ण र कम्प्युटर शिक्षक टिएन चौधरीले आरव र आयुशीलाई ल्यापटप हस्तान्तरण गरेका थिए।

ल्यापटप हस्तान्तरणपछि विद्यालयकी प्रबन्ध निर्देशक परीक्षा पिया लामाले विद्यार्थीहरूलाई बधाई दिँदै आगामी शैक्षिक भविष्यका लागि शुभकामना व्यक्त गरिन्। उनले विद्यार्थीहरूको आत्मविश्वास र आत्मबल देखेर आफू अत्यन्त खुसी भएको बताउँदै उनीहरूको आत्मविश्वास बढाउन सहयोग गर्ने अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकालाई धन्यवाद दिइन्।

त्यस्तै, निर्देशक सोनाम लामाले विद्यालय स्थापनादेखि हालसम्म एसएलसी तथा एसईई परीक्षामा विद्यार्थीहरूले हासिल गर्दै आएको उपलब्धिले विद्यालयको संस्थागत उचाइ बढाएको बताए। यस्ता सफलताले विद्यालयलाई गुणस्तरीय शिक्षाको क्षेत्रमा थप अगाडि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो।

ल्यापटप ग्रहण गरेपछि आफ्ना अनुभव सुनाउँदै आरव र आयुशीले सफलता हासिल गर्न मेहनत, अनुशासन र निरन्तर संघर्ष आवश्यक रहेको बताए। शिक्षकले पढाएका विषयलाई गहिराइमा अध्ययन गर्दै अनुशासित भएर अघि बढे आफूले चाहेको नतिजा हासिल गर्न सकिने उनीहरूको भनाइ थियो।

कहिलेकाहीँ सोचेअनुसार नतिजा नआए पनि त्यसलाई लिएर कमजोर बन्नुभन्दा आत्मविश्वास र आत्मबल बलियो बनाएर आफ्नो अधिकारका लागि अघि बढ्नुपर्ने उनीहरूले बताए। आफूहरूको अनुभवले अन्ततः सत्य र मेहनतको जित हुने प्रमाणित गरेको उनीहरूको भनाइ थियो।

आरव र आयुशीको यो सफलता एउटा परीक्षाको नतिजामा सीमित छैन। प्रतिकूल परिणामपछि पनि आफ्नो मेहनतमा विश्वास गर्दै अन्तिमसम्म प्रयास गरिरहने हो भने सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश उनीहरूको संघर्षले दिएको छ।

The post पुनःपरीक्षणपछि ४ जीपीए ल्याउँदै नेपाल टपर बनेका आरव र आयुशीलाई गौतम माविको सम्मान appeared first on .

]]>
https://newsparsa.com/%e0%a4%aa%e0%a5%81%e0%a4%a8%e0%a4%83%e0%a4%aa%e0%a4%b0%e0%a5%80%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%a3%e0%a4%aa%e0%a4%9b%e0%a4%bf-%e0%a5%aa-%e0%a4%9c%e0%a5%80%e0%a4%aa%e0%a5%80%e0%a4%8f-%e0%a4%b2/feed/ 0
दुग्धेश्वरनाथ भाथा धाम मेलामा थारु फर्मा मार्केटिङद्वारा निःशुल्क पानी तथा बिस्कुट वितरण https://newsparsa.com/__trashed/ https://newsparsa.com/__trashed/#respond Fri, 07 Aug 2026 19:49:53 +0000 https://newsparsa.com/?p=3456 पर्सा, साउन १८।पर्सा राष्ट्रिय निकुञ्जभित्र अवस्थित पवित्र धार्मिक स्थल दुग्धेश्वरनाथ महादेव भाथा धाम मेलामा थारु फर्मा मार्केटिङले श्रद्धालु भक्तजनहरूका लागि […]

The post दुग्धेश्वरनाथ भाथा धाम मेलामा थारु फर्मा मार्केटिङद्वारा निःशुल्क पानी तथा बिस्कुट वितरण appeared first on .

]]>