बाराको गढीमाई मेलामा यसपटक होटल व्यवसायीहरूले उत्कृष्ट मुनाफा आर्जन गरेका छन्। मेलामा संचालन भएका साना र ठूला होटलहरूले एक हप्तामा न्यूनतम डेढ लाखदेखि अधिकतम १० लाखसम्म मुनाफा गरेको अनुमान गरिएको छ।

मेलामा साना होटलहरूले दैनिक ८० हजारदेखि डेढ लाखसम्म बिक्री गरेका छन् भने ठूला होटलहरूले पाँच लाखदेखि १० लाखसम्म मुनाफा गरेको मेला व्यवस्थापन समितिले जनाएको छ। पर्सा जिल्लाको जानकी टोलका व्यवसायी सन्तोष पटेलका अनुसार उनको होटलले एक हप्तामा करिब डेढ लाख मुनाफा आर्जन गरेको छ।

५० भन्दा बढी होटल सञ्चालन
पञ्चवर्षीय मेला भएकाले मेलामा साना/ठूला गरी करिब ५० वटा होटल सञ्चालनमा आएका छन्। ती होटलहरूले न्यूनतम दुई लाखदेखि अधिकतम १० लाख रुपैयाँ लगानी गरेका थिए। मेलामा सादा खाना प्रतिप्लेट १५० रुपैयाँ, चिकेन खाजा २२० रुपैयाँ, मटन खाना ३५० रुपैयाँसम्मको मूल्य तोकिएको थियो।

Share.
Leave A Reply

Exit mobile version