Author: Arjun Chaudhary

वीरगन्ज , असार 20 दशरथ रङ्गशाला परिसरस्थित कभर्ड हल, त्रिपुरेश्वरमा असार १४ र १५ गते सम्पन्न चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिता अन्तर्गत ७४ केजी तौल समूहमा मधेश प्रदेशका खेलाडी सुजित यादव ले स्वर्ण पदक जित्न सफल भएका छन्। प्रतियोगितामा देशका सातै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच मधेश प्रदेशको प्रतिनिधित्व गरेका सुजित यादवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन्। उनको प्रभावशाली प्रदर्शनका कारण उनी ७४ केजी तौल समूहका उत्कृष्ट खेलाडीसमेत बनेका छन्। यस सफलतासँगै मधेश प्रदेशले राष्ट्रियस्तरमा थप गौरव हासिल गरेको छ। यस उपलब्धिपछि सुजित यादवले आफ्नो सफलतामा…

Read More

वीरगञ्ज, असार १३ “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित वीरगञ्जमा प्रथम सफल आमन्त्रण जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता शनिबार सम्पन्न भएको छ। सफल तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगिता वीरगञ्जस्थित डायमण्ड पार्टी प्यालेसमा सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न डोजाङका खेलाडीबीच कडा प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा सनसाइन तेक्वान्दो डोजाङले ७ स्वर्ण, ३ रजत र ६ कांस्य पदकसहित प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी नगुवा तेक्वान्दो डोजाङले ५ स्वर्ण, ८ रजत र ८ कांस्य पदकसहित दोस्रो स्थान प्राप्त गरेको छ भने आयोजक सफल तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। विजेता खेलाडी तथा…

Read More

वीरगञ्ज , असार 13 थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट पुनम चौधरी अध्यक्ष तथा अर्जुन चौधरी सचिवमा सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्। अधिवेशन कार्यक्रम शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा शान्तकुमार चौधरी प्रमुख अतिथि, सन्तोष दहित विशिष्ट अतिथि तथा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरी लगायतको आतिथ्यता एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नवनिर्वाचित पदाधिकारीहरूले थारु पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा संगठनलाई अझ सशक्त, सक्रिय र…

Read More

वीरगन्ज , असार 13 आम सञ्चार प्राधिकरण जनकपुरधामको आयोजना तथा आदिवासी जनजाति पत्रकार मधेश प्रदेशको समन्वयमा सिमरास्थित क्लासिक प्लाजामा आदिवासी जनजाति सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ। तालिम कार्यक्रम आम सञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। त्यसैगरी, पूर्व प्रदेश सभा सदस्य देव नारायण चौधरी विशिष्ट अतिथि रहेका कार्यक्रममा मधेश प्रदेश पत्रकार महासंघका अध्यक्ष श्याम बञ्जारा, फोनिजका लक्की चौधरी, दुष्यन्त चौधरीलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत आदिवासी जनजाति पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि, पत्रकारितामा आदिवासी जनजातिको सहभागिता,…

Read More

वीरगन्ज, असार ११ चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा हिन्दु धर्मावलम्बीहरूको धार्मिक आस्थामाथि ठेस पुग्ने अभिव्यक्ति दिइएको भन्दै पर्साका दुई धार्मिक सङ्गठनले विरोध जनाएका छन्। राष्ट्रिय बजरंग दल, पर्सा र नेपाल विश्व हिन्दु महासंघ, पर्साले बिहीबार संयुक्त रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन-पत्र बुझाउँदै सम्बन्धित व्यक्तिमाथि कानुनी कारबाहीको माग गरेका हुन्। नेपाल विश्व हिन्दु महासंघ पर्साका अध्यक्ष श्रीनन्दन भारद्वाज र राष्ट्रिय बजरंग दल पर्साका प्रतिनिधि विवेक सिन्हाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ज्ञापन-पत्र हस्तान्तरण गरेको थियो। ज्ञापन-पत्रमा रास्वपाको महाधिवेशनमा सहभागी प्रतिनिधि महबुब आलमले भगवान…

Read More

वीरगन्ज , असार १० गौतम माध्यमिक विद्यालयमा गत शैक्षिक वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजित ‘विद्यार्थी उपलब्धि सम्मान समारोह’ भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा ९ सम्मका उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। विद्यालयका अनुसार उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई प्रशंसापत्रसहित छात्रवृत्ति प्रदान गरी थप अध्ययनका लागि प्रोत्साहन गरिएको थियो। समारोहको अध्यक्षता पिया लामाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा डा. सफ्रोज अन्सारी तथा विशेष अतिथिका रूपमा सोनम लामा सहभागी हुनुभएको थियो। अतिथिहरूले विद्यार्थीहरूको मेहनत, लगनशीलता र अनुशासनको प्रशंसा गर्दै भविष्यमा अझ उत्कृष्ट नतिजा हासिल गर्न शुभकामना व्यक्त गर्नुभयो। उहाँहरूले शिक्षाले…

Read More

वीरगञ्ज, असार ७ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ। होटल वृन्दावनमा आयोजित “एसईई टपर्स सम्मान कार्यक्रम–२०८३” मा प्याब्सनमा आबद्ध ४० वटा विद्यालयका उत्कृष्ट छात्र तथा छात्राहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो। कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी ले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिकाका शिक्षा प्रमुख आनन्द लामिछाने सहभागी रहेका थिए। कार्यक्रममा प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, अशोक संग्रौला, अमित आलोक, शर्मानन्द कुशवाहा, प्रकाश उपाध्याय लगायत शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, शिक्षक तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले यस्ता…

Read More

वीरगञ्ज, असार ६ — वीरगञ्ज महानगरपालिका–१७ निवासी सुजित यादवले राष्ट्रिय कुस्ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्।मधेश प्रदेशमा असार ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको राष्ट्रिय कुस्ती प्रतियोगितामा यादवले ७४ केजी तौल समूहमा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गरेका हुन्।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच सुजितले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो तौल समूहमा स्वर्ण पदक जित्न सफल भएका हुन्।स्वर्ण पदक विजेता यादवले आफ्नो सफलतामा सहयोग, साथ र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीभाइप्रति हार्दिक आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा…

Read More

वीरगञ्ज , असार ४ वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयमा कक्षा ५ का विद्यार्थीहरूका लागि रोबोटिक्स कक्षा सञ्चालनमा आएको छ। आधुनिक प्रविधिसँग विद्यार्थीहरूलाई प्रारम्भिक अवस्थादेखि नै परिचित गराउने उद्देश्यले विद्यालयले रोबोटिक्स कार्यक्रम सुरु गरेको हो। कार्यक्रमअन्तर्गत पहिलो दिन कक्षा ५ का ए, बी, सी र डी सेक्सनका विद्यार्थीहरूको सहभागितामा अभिमुखीकरण तथा परिचयात्मक सत्र सम्पन्न भएको छ। उक्त सत्रमार्फत विद्यार्थीहरू तथा प्रशिक्षकहरूलाई रोबोटिक्स, नवप्रवर्तन र प्रविधिको रोमाञ्चक संसारबारे जानकारी गराइएको थियो। प्रयोगात्मक सिकाइ र स्व-अध्ययनमा आधारित कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रकारका रोबोटहरूको अवलोकन, सञ्चालन तथा तिनको कार्यप्रणाली बुझ्ने अवसर प्राप्त गरेका थिए। यसले विद्यार्थीहरूमा जिज्ञासा, सिर्जनात्मक सोच, तार्किक क्षमता तथा समस्या समाधान गर्ने सीपको…

Read More

वीरगञ्ज, असार ३ सडक अनुशासनको पालनालाई प्रवर्द्धन गर्दै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा “ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम” शुभारम्भ गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा सुरु भएको उक्त कार्यक्रम असार ३ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा तथा जिल्ला प्रहरी कार्यालय पर्साको सहकार्य रहेको छ। सप्ताहव्यापी अभियानअन्तर्गत सवारी चालक, विद्यार्थी, सर्वसाधारण तथा यात्रुहरूलाई ट्राफिक नियमको पालना, सुरक्षित यात्रा, हेलमेट तथा सिटबेल्टको अनिवार्य प्रयोग, मादक पदार्थ सेवन गरी सवारी नचलाउने लगायत सडक सुरक्षासम्बन्धी विविध विषयमा जनचेतनामूलक गतिविधि सञ्चालन गरिनेछ। प्रहरीले “सेफ ड्राइभ,…

Read More