वीरगञ्ज , पौष २८
पर्सा जिल्ला निवासी ईमदाद गद्दी नेतृत्वको जन अधिकार पार्टी नेपालले आसन्न प्रतिनिधि सभाको निर्वाचनमा आम जनता पार्टीको चुनाव चिन्ह ‘मोबाइल’ छापबाट चुनाव लड्ने सहमति गरेको छ।
दुवै दलबीच भएको सहमतिअनुसार जन अधिकार पार्टी नेपालका उम्मेदवारहरू आम जनता पार्टीको चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा सहभागी हुनेछन्। यस सहमतिले निर्वाचनमा सहकार्य र आपसी समझदारीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
नेतृत्व तहबाट गरिएको निर्णयले स्थानीयस्तरमा कार्यकर्ता तथा समर्थकहरूलाई एकताबद्ध गर्दै प्रभावकारी चुनावी रणनीति अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


