बिरगंज, वैशाख २१

मरवाडी समुदायको प्रतिष्ठित खेलकुद कार्यक्रम मारवाडी प्रिमियर लिग (MPL) 2082 का लागि खेलाडी छनोटको लिलामी कार्यक्रम आज बिरगंज-१४ स्थित क्लार्क रिसोर्टमा भव्य रूपमा सम्पन्न भएको छ। यसपटकको प्रतियोगिता स्व. श्री सुशील खेतानज्यूको स्मृतिमा समर्पित गरिंदैछ।

आगामी जेठ ३ गतेदेखि बिरगंजमा सुरु हुने यो प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। आज सम्पन्न लिलामी कार्यक्रममा विभिन्न टिमका मालिक, खेलाडी, पत्रकार र खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरपालिकाका नगर प्रमुख श्री राजेशमान सिंहले मरवाडी समुदायले खेलकुदमार्फत सामाजिक एकता र सद्भाव अभिवृद्धि गर्दै आएकोमा प्रशंसा व्यक्त गर्दै प्रतियोगिताको सफलताको शुभकामना दिनुभयो।

कार्यक्रमको अध्यक्षता ग्रीनसिटी सामुदायिक प्रहरी, आदर्शनगरका अध्यक्ष श्री प्रकाश खेतानले गर्नुभयो। उहाँले स्व. श्री सुशील खेतानको स्मृतिमा आयोजना गरिएको यस प्रतियोगिताले युवा पुस्तामा सकारात्मक ऊर्जा, नेतृत्व क्षमता र खेल भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभयो।

लिलामी प्रक्रियामा विभिन्न उमेर समूहका प्रतिभाशाली खेलाडीहरूलाई विभिन्न टिमहरूले उत्साहपूर्वक चयन गरेका छन्। आयोजक समितिका अनुसार लिगमा प्रतिस्पर्धा गर्ने टिमहरूको नाम, खेल तालिका तथा व्यवस्थापकीय पक्षहरू चाँडै सार्वजनिक गरिनेछ।

क्रिकेटलाई माध्यम बनाई समुदायबीच सहकार्य, सद्भाव र खेल भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिँदै आएको MPL टुर्नामेन्ट यसपटक अझ व्यवस्थित, आकर्षक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version