जसपाले मन्त्री प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउने निर्णय ।

Spread the love

काठमाडौं , भाद्र ८

 अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले आफ्ना दुई जना मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । पार्टीको हालै सम्पन्न बैठकले सो निर्णय गरेको उपाध्यक्ष परशुराम बस्नेतले जानकारी दिएका छन् ।

उनका अनुसार पार्टीले प्रदीप यादव र नवलकिशोर साहलाई फिर्ता बोलाउँदै नयाँ मन्त्रीका रूपमा डा. वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने निर्णय गरेको हो ।

बस्नेतले भने, “सरकारमा रहेका दुवै मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नयाँ मन्त्रीहरू सरकारमा सहभागी हुनुहुनेछ ।”

जसपा नेतृत्वले प्रदीप यादव र नवलकिशोर साहलाई एक वर्षका लागि मात्र मन्त्रीमा पठाएको थियो । तर उनीहरू एक वर्षभन्दा बढी समय सरकारमा बसेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर बनेको नयाँ जसपाले सरकारमा जाने क्रममा रञ्जु झाको नाम पनि विना विभागीय मन्त्रीका लागि सिफारिस गरेको थियो । तर उनले तत्काल पद नलिने निर्णय गर्दै एक वर्ष कुर्ने बताएकी थिइन् । अब भने उनी डा. महतोसँगै मन्त्रिपरिषद् प्रवेश गर्ने तयारीमा छिन् ।

Scroll to Top