काठमाडौं । एनआईसी एसिया बैंक झन् पछि झन् कमजोर बनेको छ । पछिल्लो समयको तथ्यांकले बैंकको नाफा ह्वात्तै घटेको छ भने निष्क्रिय अर्थात् खराब कर्जा पनि उत्तिकै रहेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार एनआइसी एसिया बैंकको मुनाफा सर्वाधिक ७१.८३ प्रतिशतले घटेको छ ।
सबैभन्दा कम घनात्मक प्रतिसेयर आन्दानी
यस्तै यस बैंकको सबैभन्दा कम घनात्मक प्रतिसेयर आम्दानी देखिएको छ । यसको इपीएस २.६० रहेको छ । सबैभन्दा धेरै एभरेष्ट बैंकको ११.६६ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको छ ।
पहिलो त्रैमासमा यस बैंकको खुद निष्क्रिय कर्जा अनुपात (नेट एनपीएल) ४.२४ प्रतिशत हुँदा खुद निष्क्रिय कर्जा अनुपात भने २.०८ प्रतिशतमा कायम भएको छ



