च्याम्पियन्स लिगमा बार्सिलोनाको जित

Spread the love

बार्सिलोनाले बुधवार बोरुसिया डर्टमन्डलाई ३-२ ले पराजित गर्दै दोस्रो स्थानमा स्थानमा उक्लेको हो।

दोस्रो हाफमा मैदानमा प्रवेश गरेका फेरान टोरेसको निर्णायकसहित २ गोल गरेपछि बार्सिलोना विजयी भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। ५२औं मिनेटमा बार्सिलोनाले कप्तान राफिन्हाको गोलमा अग्रता लियो ।

डर्टमन्ड सेहु गिरासीले ६० औं पेनाल्टीमा गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्याए । ७५औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनालाई अघि बढाए ।

७८औं मिनेटमा गिरासीले दोस्रो पटक बराबरी गोल गरे।८५औं मिनेटमा टोरौसले अर्को गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाको ६ खेलबाट १५ अंक छ । डर्टमन्ड १२ अंकका साथ नवौं स्थानमा छ । १८ अंकसहित लिभरपुल शीर्षस्थानमा छ।

अर्को खेलमा आर्सनलले एएस मोनाकोलाई ३-० गोल हराएको छ । साकाले २ तथा काई ह्यावर्टजले १ गोल गरे । पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी बुधवार युभेन्टस सँग २-० ले पराजित भएको छ।

च्याम्पियन्स लिगमा ११ अंकसहित युभेन्ट्स १४ औं स्थान र ८ अंकका साथ सिटी २२ औं स्थानमा छ।

Scroll to Top