बिरगञ्ज, असार २५ 

 समाजसेवा, शिक्षा र युवा प्रेरणाका क्षेत्रमा सक्रिय र लोकप्रिय व्यक्तित्व देवेश प्रसाद ‘मानवसेवा’लाई बिरगञ्ज पब्लिक कलेजले आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ।

कलेज प्रशासनले उनलाई स्वागत गर्दै हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। देवेश ‘मानवसेवा’ले शिक्षाको प्रवर्द्धन, सामाजिक उत्तरदायित्व र युवाहरूमाझ चेतना फैलाउने कार्यमार्फत निर्माण गरेको सकारात्मक पहिचानले आजको पुस्तालाई प्रेरणा प्रदान गर्दै आएको कलेजले जनाएको छ।

ब्रान्ड एम्बेसडरको रूपमा उनले कलेज र विद्यार्थी समुदायबीच ज्ञान, मूल्य र प्रेरणाको सेतुको भूमिका निर्वाह गर्ने विश्वास कलेजले व्यक्त गरेको छ। बिरगञ्ज मात्र नभई मधेस प्रदेशभर युवाहरूबीच लोकप्रिय रहेका देवेशको सहभागिताले कलेजको प्रतिष्ठा, पहुँच र सामाजिक प्रभावलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

कलेज परिवारले उनको नयाँ जिम्मेवारीमा निरन्तर सफलता, ऊर्जा र समाजप्रतिको योगदान अझ प्रभावकारी रहोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ।

Share.
Leave A Reply

Exit mobile version