बीरगञ्ज , फाल्गुन ७

पर्सा जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पर्सागढी नगरपालिकामा जनजागरण अभियान तीव्र पारिएको छ। पर्सागढीस्थित भेडहा खोला नजिक रहेको श्री भोलेनाथ महादेव मन्दिर प्रांगण तथा वागेश्वरी तितरौना मठमा स्थानीय अगुवा तथा सर्वसाधारणसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमका क्रममा “एक भोट राष्ट्रका लागि”, “हर हर कमल, घर घर कमल” जस्ता नारासहित राष्ट्रनिर्माणको एजेन्डा प्रस्तुत गरिएको थियो। युवाहरू, महिला तथा विद्यार्थीलाई उच्च सम्मान, आर्थिक विकास, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना जस्ता विषयमा जोड दिइयो।

त्यसैगरी भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास र सुरक्षा, परिवर्तनका लागि प्रतिबद्धता तथा स्वाभिमानको रक्षा मुख्य प्राथमिकतामा राखिएको बताइएको छ।

 किसानलाई उच्च प्राथमिकता, खेलकुद क्षेत्रको प्रोत्साहन, मेडिकल कलेज स्थापना, क्रिकेट स्टेडियम निर्माण र रामायण सर्किट निर्माणजस्ता दीर्घकालीन योजनाहरू पनि अघि सारिएका छन्।

कार्यक्रममा उपस्थित नेताहरूले रोजगारी सिर्जना र समृद्ध क्षेत्र निर्माणका लागि आगामी निर्वाचनमा नेपाल जनता पार्टीको चुनाव चिन्ह ‘कमल छाप’ लाई साथ दिन स्थानीय मतदातासँग आग्रह गरेका थिए।

Share.
Leave A Reply

Exit mobile version