वीरगञ्ज । पौष ३

निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा दोस्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ अन्तर्गत आज बिहीबार चार खेल सम्पन्न भएका छन्।

८ ओभरमा खेलाइएको पहिलो खेलमा लिटल फ्लावर स्कूलले गोल्डेन फ्युचरलाई पराजित गर्दै जित हात पारेको छ। २३ रनको लक्ष्य पछ्याएको लिटल फ्लावरले २५ रन बनाउँदै विजय हासिल गरेको हो।

दोस्रो खेलमा विकन स्कूलले दिएको ४९ रनको लक्ष्य सेन्ट जेभियर विद्यालयले ५० रन बनाएर सफलतापूर्वक पूरा गर्दै जित निकालेको छ।

त्यसैगरी तेस्रो खेलमा नवदीपले दिएको ३८ रनको लक्ष्य ज्ञान वाटिकाले पछ्याउँदै जीत हात पार्न सफल भएको थियो। अन्तिम खेलमा कालिकामाई  स्कूलले चिल्ड्रेन वर्ल्डलाई पराजित गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको छ।

विद्यालयस्तरमै छात्रा तथा जुनियर छात्रलाई लक्षित गर्दै आयोजना गरिएको यो प्रतियोगिता वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा सञ्चालन भइरहेको छ। खेलकुदले विद्यार्थीहरूको प्रतिभा उजागर गर्न सहयोग पुग्ने भन्दै स्थानीयवासी तथा दर्शकहरूले यस्ता प्रतियोगिता भविष्यमा पनि निरन्तर हुनुपर्ने चाहना व्यक्त गरेका छन्।

Share.
Leave A Reply

Exit mobile version