बिरगंज ट्राफिक प्रहरीद्वारा सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन

Spread the love

बिरगंज,२३ पर्सा

सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित सवारी सञ्चालनका लागि बिरगंज ट्राफिक प्रहरी कार्यालयद्वारा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रम अन्तर्गत शुक्रबार राधेमाई साउथ जोन विद्यालय अगाडि मोटरसाइकल चालकहरूलाई ट्राफिक प्रहरीले सवारी कसरी सुरक्षित रूपमा चलाउने, जेब्रा क्रसिङमा कसरी रोकिने र पैदलयात्रीलाई कसरी प्राथमिकता दिने भन्ने विषयमा जानकारी दिएका छन्।

कार्यक्रममा सहभागी ट्राफिक प्रहरीहरूले मोटरसाइकल चालकहरूलाई हेलमेटको अनिवार्यता, गति सिमितिमा राख्नुपर्ने, ट्राफिक नियमको पालना गर्नुपर्ने लगायतका महत्वपूर्ण कुराहरूमा जानकारी गराएका थिए। साथै, जेब्रा क्रसिङमा पैदल यात्रुहरूलाई सुरक्षित पार गर्ने जिम्मेवारी चालकको हुने भन्दै सोही स्थानमा व्यवहारिक अभ्याससमेत गराइएको थियो।

यस अभियानमार्फत नागरिकहरूमा सडक सुरक्षाप्रति सचेतना फैलाउने र सडक दुर्घटनाको दर घटाउने लक्ष्य लिइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रममा स्थानिय विद्यार्थी, अभिभावक तथा सर्वसाधारणको समेत सहभागिता देखिएको थियो।

Scroll to Top