वीरगन्ज , असार २

पूर्वस्वास्थ्यसचिव  डा संगीता मिश्रले भ्रष्टाचार मुद्दामा सफाइ पाएकी छिन्। मामाग्राफी मेसिन खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा बिशेष अदालतले सोमबार फैसला सुनाउँदै उनीसहित ८ जनालाई सफाइ दिएको हो। अन्य ६ प्रतिवादीलाई भने अदालतले दोषी ठहर गरी जनही ४ महिना कैद र ३८ लाख ३४ हजारका दरले जरिवानाको फैसला सुनाएको छ।

 डा.मिश्र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा यस भ्रष्टाचारमा संलग्न रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। यसमा उनीसहित विवेक कुमार लाल, भुवन प्रसाद काफ्ले, दिपक अधिकारी, यादब प्रसाद देवकोटा, शम्भु प्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका छन्। उनीहरुको प्रत्यक्ष संलग्नता नभएको भन्दै अदालतले सफाइ दिएका हो। 

त्यस्तै, श्रवण कुमार थापा, सुरेन्द्र प्रसाद चौरसिया, आशिष चौहान, पद्मा मिश्र, संजय कुमार साह र म्याक्सिम ट्रेडर्सका सञ्चालकलाई दोषी ठहर गरि सजाय सुनाइएको छ। बदनियत राखी मिलेमतोमा सामान खरिद गरेको अदालतको ठहर छ। उनीहरुबाट ५ लाख ४७ हजार ८१७ बिगो भराई जनही २० हजारका दरले जरिवाना र ४–४ महिना कैद सजाय भएको छ। 

Share.
Leave A Reply

Exit mobile version