रामपुर जसौलीमा बीना जैसवाल कुर्मीको घरदैलो, महिला सशक्तिकरण र दिगो विकासमा जोड

Spread the love

बीरगञ्ज , फाल्गुन १ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा जिल्ला निर्वाचन क्षेत्र–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार बीना जैसवाल कुर्मीले आज वीरगञ्ज महानगरपालिका वडा नं. २७ रामपुर जसौलीमा घरदैलो कार्यक्रम सम्पन्न गरेकी छन्।

घरदैलोका क्रममा उम्मेदवार कुर्मीले प्रत्यक्ष रूपमा मतदातासँग भेटघाट गर्दै स्थानीय समस्याबारे जानकारी लिइन्। उनले महिला सशक्तिकरण र दिगो विकासलाई आफ्नो प्रमुख एजेन्डा रहेको बताउँदै पर्सा क्षेत्र–२ को समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। साथै जनतासँगको सहकार्य र सहभागितामार्फत क्षेत्रका समस्या समाधान गरिने धारणा राखिन्।

कार्यक्रममा पार्टीका स्थानीय नेता, अगुवा कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।

Scroll to Top