वीरगन्ज , असार 20

दशरथ रङ्गशाला परिसरस्थित कभर्ड हल, त्रिपुरेश्वरमा असार १४ र १५ गते सम्पन्न चौथो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुश्ती प्रतियोगिता अन्तर्गत ७४ केजी तौल समूहमा मधेश प्रदेशका खेलाडी सुजित यादव ले स्वर्ण पदक जित्न सफल भएका छन्।

प्रतियोगितामा देशका सातै प्रदेश तथा तीन विभागीय टोली गरी कुल १० टोलीको सहभागिता रहेको थियो। कडा प्रतिस्पर्धाबीच मधेश प्रदेशको प्रतिनिधित्व गरेका सुजित यादवले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका हुन्।

उनको प्रभावशाली प्रदर्शनका कारण उनी ७४ केजी तौल समूहका उत्कृष्ट खेलाडीसमेत बनेका छन्। यस सफलतासँगै मधेश प्रदेशले राष्ट्रियस्तरमा थप गौरव हासिल गरेको छ।

यस उपलब्धिपछि सुजित यादवले आफ्नो सफलतामा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण गुरुजन, प्रशिक्षक, परिवार तथा साथीहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।

Share.
Leave A Reply

गृहपृष्ठ
मौसम
राशिफल
Search
Exit mobile version