विरगञ्ज, श्रावण १२


विरगञ्जस्थित ज्ञान्दा एकेडेमीले नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि अभिमुखीकरण (ओरिएन्टेसन) तथा स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। कार्यक्रम वीरगञ्जको होटल मकालुमा आयोजना गरिएको थियो।

नयाँ विद्यार्थीहरू उत्साह, जोश र हर्षोल्लाससहित कार्यक्रममा सक्रिय रुपमा सहभागी भएका थिए।

उक्त कार्यक्रमको अध्यक्षता ज्ञान्दा एकेडेमीका संस्थापक प्रमोद चौरसियाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल मेडिकल कलेजका निर्देशक डा. शहनवाज अन्सारी, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल मधेश प्रदेशका अध्यक्ष आशिक अन्सारी, तथा अन्य विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

स्वागत मन्तव्य ज्ञान्दा एकेडेमीका प्रमुख राजेन्द्र प्रसाद कोइरालाले राख्नुभएको थियो। कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमले विद्यार्थीहरूलाई शैक्षिक वातावरणमा अभ्यस्त गराउने उद्देश्य राखेको आयोजक पक्षले जनाएको छ।

Share.
Leave A Reply

Exit mobile version