वीरगञ्ज,वैशाख २०

 औँ विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज वीरगञ्जमा प्रभातफेरी तथा कोणसभाको आयोजना गरेको छ। कार्यक्रम वीरगञ्जको ऐतिहासिक घण्टाघरबाट सुरू भई माइस्थान, आदर्शनगर हुँदै विभिन्न स्थानको परिक्रमा गरी पुनः घण्टाघरमै पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि भएका संघर्षमा योगदान दिने सम्पूर्ण पत्रकारप्रति श्रद्धाभाव व्यक्त गरिएको थियो। कोणसभालाई सम्बोधन गर्दै विभिन्न वक्ताहरूले प्रेस स्वतन्त्रताको संरक्षण र पत्रकारितामा निहित उत्तरदायित्वका विषयमा धारणा राखे।

उनीहरूले विश्व प्रेस स्वतन्त्रता दिवसले राज्यलाई अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र पत्रकारहरूलाई सत्य, निष्पक्ष र नैतिक पत्रकारिता गर्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे। कार्यक्रमले पत्रकारिता क्षेत्रमा निष्पक्षता, उत्तरदायित्व र जनताको सूचनाको अधिकार सुनिश्चित गर्न प्रेस स्वतन्त्रताको महत्त्वलाई पुनः स्मरण गराएको थियो।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version