फत्तेपुर, बारा 

जेठ २८

 समाजसेवाको भावना बोकेर  स्नो एपेक्स एकेडेमी फत्तेपुर, बाराको आयोजनामा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न हुने भएको छ। उक्त शिविरमा किरण आँखा अस्पताल सिमरा, बाराको प्राविधिक सहयोग तथा प्रायोजन रहनेछ।

शिविर यही २०८२ साल जेठ २८ गते, शनिबार बिहान ७:०० बजेदेखि  स्नो एपेक्स एकेडेमी को प्राङ्गणमा सञ्चालन हुनेछ। यस कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, अभिभावक तथा इच्छुक सर्वसाधारणले निःशुल्क रुपमा आँखा परीक्षण गराउन सक्नेछन्।

शिविरमा अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको टोली उपस्थित भई आँखा सम्बन्धी समस्या, परीक्षण तथा आवश्यक परामर्श प्रदान गर्नेछ। आवश्यकता अनुसार औषधि तथा अन्य सल्लाह पनि निःशुल्क प्रदान गरिनेछ।

विद्यालय प्रशासनले सबैलाई यस अवसरको लाभ लिन आह्वान गर्दै स्थानीय समुदायलाई स्वास्थ्यप्रति सजग बनाउने उद्देश्यले यस प्रकारका कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।

Share.
Leave A Reply

Exit mobile version