वीरगञ्ज , पौष २९

वीरगन्जको प्रसिद्ध शक्तिपीठ माईस्थान मन्दिरको प्राङ्गणमा हिन्दू सम्राट नेपाल, पर्सा को आयोजनामा एक विशेष सन्देशमूलक तथा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमको मुख्य आकर्षणको रूपमा सामूहिक भोजन कार्यक्रम रहेको थियो। ूजातपातलाई गरौँ बिदाई, हिन्दू सनातनी भाइ(भाइू भन्ने नारालाई व्यवहारमा उतार्न विभिन्न जातजाति र समुदायका व्यक्तिहरूलाई एकै ठाउँमा राखेर दही, चिउरा र जलेबी सामूहिक रूपमा खुवाइएको थियो। यस कार्यक्रमले हिन्दू समाजभित्र रहेको जातीय भेदभाव अन्त्य गरी सबै सनातनीहरू एक हुन् भन्ने बलियो सन्देश दिएको छ।

उक्त अवसरमा नवगठित हिन्दू पत्रकार संघ, नेपाल का पदाधिकारीहरूलाई विशेष सम्मान गरिएको थियो। हिन्दू सम्राट नेपाल, पर्साका अध्यक्ष विकास साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हिन्दू पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियार प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुन्थ्यो।

सोही अवसरमा हिन्दू धर्म र संस्कृतिको प्रचारमा योगदान दिने बजरंग दल पर्साका अध्यक्ष विवेक सिन्हा, रञ्जन सिंह, वन्दना शर्मा, र रमिता मायाँ गुप्ता लगायतलाई सम्मान गरिनुका साथै कार्यक्रमको सञ्चालन सन्तोष सर्राफ र महासचिव प्रज्वल डगोलले गर्नुभएको थियो।

Share.
Leave A Reply

Exit mobile version