पर्सा, वैशाख १३
१३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत घन्टाघर चौक, वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको प्रमुख अतिथि महासंघ मधेश प्रदेशका स-इन्चार्ज अर्जुन चिमोरिया रहेका थिए भने विशिष्ट अतिथिको रूपमा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रिजकिशोर पटेल, प्रभाकर गुप्ता, बेनि प्रसाद तथा सचिव कृष्ण प्रसाद पुडासैनीको उपस्थिति रहेको थियो। कार्यक्रम महासंघ प्रदेश अध्यक्ष केदार देवको अध्यक्षतामा सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष कुमार गुप्ताको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा १ महिला सहित ३२ जनाले रक्तदान गरेका थिए। रक्तदान गर्नेहरूमा सरुना नेसा, बलराम प्रसाद, सुरज प्रताप साह, राजेश साह, बिकेश सिंह, छुनीलाल चौधरी, कृष्ण पुडासैनी, श्री राम यादव, मुकेश सहनी, सन्देश कुमार, समाजसेवी राजेन्द्र भट्टराई लगायत सहभागी थिए।
कार्यक्रममा वीरगञ्ज रक्तसञ्चार केन्द्रका प्राविधिक मनिष कुमार गुप्ता, नमित चौरसिया र विवेक यादवले प्रविधिक सहयोग पुर्याएका थिए।
यस रक्तदान कार्यक्रमले मजदुर दिवसको सामाजिक उत्तरदायित्वलाई अझ सशक्त रूपमा प्रस्तुत गरेको आयोजकले बताएका छन्।



