वीरगञ्ज कलेजका कक्षा १२ का विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न

Spread the love

वीरगञ्ज, पर्सा जेठ २

न्यूज पर्सा

वीरगञ्जस्थित वीरगञ्ज कलेजका कक्षा १२ का विद्यार्थीहरूको विदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। होटल क्लासिकमा आयोजित उक्त कार्यक्रम उत्साहपूर्वक तथा गरिमापूर्ण वातावरणमा सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज कलेजका डाइरेक्टर दीपेन्द्र चौधरीले गरेका थिए भने प्रमुख अतिथिका रूपमा उद्योग वाणिज्य संघ पर्साका अध्यक्ष हरी गौतमको उपस्थिति रहेको थियो।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल र समाजसेवी प्रकाश उपाध्याय विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। साथै अतिथिका रूपमा दीपेन्द्र चौहान, कलेजका सम्पूर्ण शिक्षकगण तथा विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियो।

विदाई कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, अनुभव साझा, तथा कलेजप्रति कृतज्ञता व्यक्त गर्दै कार्यक्रमलाई भावनात्मक तथा रमाइलो बनाएका थिए।

कलेज प्रशासनले कक्षा १२ का विद्यार्थीहरूको उज्वल भविष्यको कामना गर्दै उनीहरूको योगदानलाई स्मरण गर्‍यो।

कार्यक्रम सफल पार्न योगदान पुर्‍याउने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरिएको थियो।

Scroll to Top