फेम ईन्स्टिच्युट पाँचौं वर्षमा प्रवेश, मधेसको शैक्षिक क्षेत्रमा नयाँ आशा जगाउँदै

Spread the love

बिरगञ्ज, ०६ पर्सा 

पर्सा जिल्लाको शैक्षिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको फेम ईन्स्टिच्युट आफ्नो पाँचौं वर्षमा प्रवेश गरेको छ। सन् २०२१ मा स्थापना भएको यो संस्था छोटो समयमै बिरगञ्जमा मेडिकल प्रवेश तयारीको प्रमुख केन्द्रको रूपमा स्थापित भइसकेको छ।

संस्थापक डा. मृगेन्द्र यादव र अमित रौनियारको संयुक्त प्रयासमा सुरु गरिएको फेम ईन्स्टिच्युटको उद्देश्य मधेस क्षेत्रका विद्यार्थीहरूलाई काठमाडौं नगइकनै गुणस्तरीय तयारीको अवसर प्रदान गर्नु हो। हाल संस्थाका ईन्चार्ज अमरेश कुमार यादवको व्यवस्थापनमा सञ्चालित संस्थामा, अनुभवी शिक्षक डा. आशिष झाले शैक्षिक नेतृत्व प्रदान गरिरहेका छन् भने लेखापाल गुडिया गुप्ताले आर्थिक पक्ष सुदृढ बनाइरहेकी छिन्।

चार वर्षको अवधिमा संस्थाले १० जना विद्यार्थीलाई सफलतापूर्वक मेडिकल प्रवेश परीक्षामा सफल गराइसकेको छ, जसले मधेसका ग्रामीण र शहरी क्षेत्रका विद्यार्थीहरूमा उत्साह थपेको छ।

स्थानीय समुदाय, अभिभावक र विद्यार्थीहरूबीच फेम ईन्स्टिच्युटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ। यसको प्रमुख कारण भनेको यहाँको शैक्षिक गुणस्तर, अनुभवी शिक्षक टिम र व्यवस्थापनमा देखिएको समर्पण हो।

संस्थापक डा. मृगेन्द्र यादव भन्छन्, “हामीले मधेसका विद्यार्थीहरूलाई काठमाडौं नगईकनै उत्कृष्ट तयारी उपलब्ध गराउन सकिने कुरा प्रमाणित गरेका छौं।”

फेम ईन्स्टिच्युटको यो सफलता मधेसमा निजी शैक्षिक संस्थाहरूको भूमिकाप्रति सकारात्मक दृष्टिकोण निर्माण गर्न सफल भएको छ। आगामी वर्षहरूमा अझ बढी विद्यार्थीहरूलाई राष्ट्रिय स्तरको मेडिकल इन्टरान्समा सफलता दिलाउने लक्ष्यसहित संस्था अघि बढ्ने तयारीमा छ।

Scroll to Top