नेपालमै पहिलोपटक १.७ टन क्षमताको महिन्द्रा बोलेरो पिक-अप 1.7T सार्वजनिक

Spread the love

विरगञ्ज, जेठ ११

नेपालको व्यावसायिक सवारी बजारमा बलियो उपस्थिति बनाउँदै आएको महिन्द्राले नयाँ स्तरको पिक-अप गाडी सार्वजनिक गरेको छ। महिन्द्राका युटिलिटी गाडीहरूको नेपालस्थित आधिकारिक वितरक *अग्नि इन्करपोरेटेड प्रा.लि.*ले महिन्द्रा बोलेरो पिक-अप फ्ल्याटबेड 1.7T नामक नयाँ पिक-अप गाडी सार्वजनिक गर्दै व्यावसायिक सवारीको क्षेत्रमा नयाँ मापदण्ड तय गरेको छ।

यो पिक-अप गाडी जेठ ११ गते आइतबार, बिरगञ्जस्थित महिन्द्राको शोरूममा एक विशेष समारोहबीच सार्वजनिक गरिएको हो। सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, अग्नि ग्रुपका वरिष्ठ प्रतिनिधिहरू, मिडिया क्षेत्रका व्यक्तित्वहरू तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महिन्द्राको बोलेरो ब्रान्ड विश्वबजारमै टिकाउपन र भरपर्दो प्रदर्शनको लागि परिचित छ। उक्त विशेषतालाई निरन्तरता दिँदै नयाँ 1.7 टन क्षमताको पिक-अप नेपालमा बढ्दो युटिलिटी सवारीको मागलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको भनाइ छ।

नयाँ बोलेरो पिक-अप 1.7T मा २.५ लिटर क्षमताको एमटु-डिआइ-सिआर डिजेल इन्जिन जडान गरिएको छ, जसले ६३ बिएचपी पावर र १९५ न्यूटन मिटर टर्क प्रदान गर्दछ। ९ फिट लामो कार्गो बेड, डबल बेयरिङ एक्जिल, र ९ पाताको स्प्रिङ सस्पेन्सनको कारण यसले भारी भार वहन गर्दा समेत सन्तुलित र स्थिर प्रदर्शन दिनेछ।

नयाँ भेरियन्टमा कार्यकुशलता मात्र होइन, चालक तथा यात्रुको सुविधा पनि ध्यानमा राखिएको छ। फराकिलो को-ड्राइभर सिट, ड्राइभरका लागि रिक्लाइनर सिट र हेडरेस्टजस्ता इन्टेरियर विशेषताले यात्रालाई सहज बनाउने कम्पनीले जनाएको छ। साथै, उन्नत माइलेजको विशेषताले इन्धन खर्चमा समेत बचत हुने विश्वास गरिएको छ।

विशेष मूल्य र सहज फाइनान्स योजना

महिन्द्रा बोलेरो पिक-अप 1.7T को विशेष लञ्च मूल्य रु. २५,६५,००० निर्धारण गरिएको छ। ग्राहकहरूको सुविधाका लागि अग्नि ग्रुप अन्तर्गतको अग्नि हायर पर्चेजमार्फत सहज किस्ताबन्दी योजना उपलब्ध गराइएको छ। यस योजनाअन्तर्गत ७०% सम्म फाइनान्स, ९.९९% ब्याजदर (असार महिनाको अन्त्यसम्म खरिद वा बुकिङ गर्नेका लागि), शून्य प्रोसेसिङ शुल्क, छिटो कर्जा स्वीकृति, तथा सरल कागजात प्रक्रिया जस्ता सुविधाहरू उपलब्ध छन्।

आफ्नो पुरानो गाडी नयाँ बोलेरो पिक-अपसँग साट्न चाहने ग्राहकहरूका लागि *अग्नि आस्था प्रा.लि.*मार्फत उत्कृष्ट मूल्याङ्कनसहित सजिलो एक्सचेन्ज सेवा समेत प्रदान गरिनेछ।

Scroll to Top