नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

Spread the love

वीरगञ्ज, पर्सा  जेठ १८

अर्जुन चौधरी

 नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रम घण्टाघर, वीरगञ्जमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानले गरेका थिए भने प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम रहेका थिए।

कार्यक्रममा विश्व पत्रकार महासंघका संयुक्त सचिव दीपेन्द्र चौहान, प्रेस युनियन नेपालका केन्द्रीय सचिव अशोक तिवारी, केन्द्रीय सदस्य राम रायमाझी, प्रेस सेन्टर पर्साका सचिव अजित भुजेललगायत विभिन्न सञ्चार संस्था तथा मीडिया हाउसका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र दिगो लोकतन्त्रको सुदृढीकरणमा प्रेस युनियनको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।

दीप प्रज्वलन कार्यक्रममार्फत प्रेस युनियनले पत्रकारितामा समर्पित सबै श्रमिक र सहकर्मीहरूप्रति सम्मान व्यक्त गरेको जनाइएको छ।

कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी दिनमा प्रेस युनियनले थप प्रभावकारी गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

Scroll to Top