भारतबाट अबैध रुपमा ल्याइएका लाखौंको सामान सशस्त्र प्रहरीद्वारा बरामद, भन्सार दाखिला

Spread the love

वीरगंज, १३ असार 

सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१ स्थित छपकैयाबाट भन्सार छली गरी भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याइएको ठूलो मात्रामा सामान बरामद गरेको छ।

प्राप्त जानकारी अनुसार टोलीले लुकाइछिपाई राखिएको रु. ३ लाख ४० हजार ८ सय बराबरको कपडा र छोकडा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको छ।

त्यसैगरी, बिओपी सिर्सियाबाट खटिएको अर्को टोलीले छपकैयाबाट रु. २ लाख ४२ हजार बराबरको छालाको जुत्ता र सो कार्यमा प्रयोग गरिएको एक थान मोटरसाइकल बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

यसैदिन, विशेष सूचनाको आधारमा प्र.सी.सु.गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले वी.म.न.पा.–१६, नगुवा नयाँ बस्तीस्थित शिवम टोलमा रहेको रोहित प्रसाद कानुको घरमा लुकाएर राखिएको रु. ५६ हजार ८ सय बराबरको चिनी, पुरानो बोरा सिलाउने मेसिन, र डिजिटल मेसिन बरामद गरेको छ।

सवारीसाधन, व्यापारिक सामान तथा औद्योगिक उपकरणहरू अवैध रुपमा भारतबाट नेपाल भित्र्याउने कार्य बढिरहेका बेला सशस्त्र प्रहरीको सक्रियतामा भएको यो कारवाहीलाई स्थानीय स्तरमा सकारात्मक रूपमा लिइएको छ। सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रहरूमा निगरानी थप कडाईका साथ अगाडि बढाउने जनाएको छ।

Scroll to Top