हराएका व्यक्तिको सफल पहिचान : मानव सेवा बिरगंजको अथक प्रयासले परिवारसँग पुनर्मिलन!

Spread the love

वीरगञ्ज, ३१ असार २०८१ 

मानव सेवा आश्रम, वीरगञ्जले हराएका एक व्यक्तिको सफल पहिचान गर्दै केही घण्टामै परिवारसँग पुनर्मिलन गराएको छ। फरर अंग्रेजी बोल्ने, मानसिक रूपमा असन्तुलित जस्तो देखिने एक पुरुषलाई आश्रममा ल्याइएपछि उनको परिचय खुलाउने प्रक्रिया तीव्र रूपमा अघि बढाइएको थियो।

उक्त व्यक्ति सुमन कुमार झा रहेका छन्, जसका पिता कमलेश कुमार झा (पण्डित) हुनुहुन्छ। उहाँहरूको घर ठेगाना चिलझपटी, जगरनाथपुर गाउँपालिका रहेको खुलेको छ। मानव सेवा बिरगञ्जका स्वयंसेवकहरूको अथक प्रयास र स्थानीय सहयोगको माध्यमबाट अन्ततः सुमनको घर ठेगाना पत्ता लगाई बुवा कमलेश झा ज्युलाई जिम्मा लगाइएको छ।

यस कार्यमा सहकार्य गर्ने सम्पूर्ण शुभेच्छु, सामाजिक सञ्जालमा पोस्ट लाइक, कमेन्ट र सेयर गर्ने सबैप्रति मानव सेवा आश्रम वीरगञ्जले हार्दिक आभार व्यक्त गरेको छ।

यो घटनाले फेरि एकपटक मानव सेवाको महत्व र सामाजिक सहकार्यको शक्ति देखाएको छ।

Scroll to Top