एभीपी पर्साको तेस्रो साधारणसभा सम्पन्न, अध्यक्षमा छत्रबहादुर कानु सचिवमा शिवशंकर ठाकुर चयन

Spread the love

वीरगञ्ज, भाद्र २

एशोसिएसन अफ भेटेरिनरी प्राक्टिसनर (एभीपी) पर्साको तेस्रो साधारणसभा तथा अधिवेशन शनिबार वीरगञ्जमा सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत डा. सुदिप कुमार शर्माको अध्यक्षतामा सम्पन्न अधिवेशनले सर्वसम्मतिले नयाँ कार्यसमिति चयन गरेको हो।

नव–निर्वाचित कार्यसमितिमा अध्यक्षमा छत्रबहादुर साह कानु, उपाध्यक्षमा विजय राउत कुर्मी, सचिवमा शिव शंकर ठाकुर, सह–सचिवमा दिपक कुमार यादव, कोषाध्यक्षमा कृष्ण कुमार चौरसिया रहेका छन्। त्यस्तै सदस्यमा रविना कुमारी गौरव, दिपु कुमार महतो, रञ्जन चौरसिया, पन्नालाल साह कानु, नरेन्द्र प्रसाद साहभोला साह निर्वाचित भएका छन्।

कार्यक्रमको उद्घाटन पानसमा बत्ती बालेर गरिएको थियो। उद्घाटन समारोहका प्रमुख अतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशका सचिव डा. उमेश दाहाल रहेका थिए। विशिष्ट अतिथिमा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्का सदस्य विशेश्वर प्रसाद यादव, नेपाल भेटेरिनरी एशोसिएसन मधेश प्रदेशका अध्यक्ष दिनेश कुमार तिवारी, एभीपीका संस्थापक अध्यक्ष बैजुलाल गुप्ता, राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यालय कलैया बाराका प्रमुख डा. हरेराम यादव, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) परवानीपुर बाराका वैज्ञानिक डा. अजित कुमार झा, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका नि.प्रमुख राजेश्वर कुशवाहा तथा निर्वाचन अधिकृत डा. सुदिप शर्मा उपस्थित रहेका थिए।

अधिवेशनमा विभिन्न फर्मास्युटिकल कम्पनीका प्रतिनिधि, सञ्चारकर्मी, पशु चिकित्सक तथा प्राविधिकहरूको समेत उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

Scroll to Top