गहवामाई मन्दिर परिसरमा सरसफाइ अभियान सम्पन्न 

Spread the love

वीरगञ्ज, ४ कार्तिक।

वडा प्रहरी कार्यालय विर्ता तथा हेल्प टुगेदर फाउण्डेशनको संयुक्त पहलमा गहवा माई मन्दिर प्राङ्गणमा सफलतापूर्वक सरसफाइ अभियान सम्पन्न गरिएको छ।

तिहारको अवसरमा मन्दिर परिसरमा लागेको चहलपहल र बजारका कारण सो क्षेत्र फोहोर बनेको थियो। त्यसपछि सोही क्षेत्रलाई सफा र आकर्षक बनाउन विर्ता वडा प्रहरी कार्यालय र हेल्प टुगेदर फाउण्डेशनले संयुक्त रूपमा सरसफाइ कार्यक्रम सञ्चालन गरेका हुन्।

कार्यक्रममा प्रहरी जवान, फाउण्डेशनका सदस्यहरू, स्थानीय युवाहरू तथा मन्दिर आसपासका व्यापारीहरूले सहभागिता जनाएका थिए। उनीहरूले मन्दिर परिसर र वरपरको क्षेत्र सफा गर्दै सरसफाइको सन्देश फैलाएका थिए।

हेल्प टुगेदर फाउण्डेशनका प्रतिनिधिले पनि आगामी दिनमा अन्य सार्वजनिक स्थानहरूमा यस्ता सरसफाइ अभियान सञ्चालन गरिने बताएका छन्।

Scroll to Top