पर्सा–२ मा नेपाल जनता पार्टीको घरदैलो अभियान, ‘हर–हर कमल घर–घर कमल’ नारासहित जनसमर्थन विस्तार

Spread the love

वीरगञ्ज , माघ १९

पर्सा जिल्ला क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर, घुर्मी र कुहडीमा आज नेपाल जनता पार्टीले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। ‘एक भोट राष्ट्रका लागि’, ‘राष्ट्रिय एकता’ र ‘हर–हर कमल, घर–घर कमल’ भन्ने नाराका साथ सञ्चालन गरिएको अभियानमा स्थानीय जनताको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रमका क्रममा युवा, महिला तथा विद्यार्थीहरूलाई विशेष सम्मान गर्दै पार्टीका तर्फबाट भावी योजना र प्रतिबद्धताबारे जानकारी गराइएको थियो। आर्थिक विकास, रोजगारी सिर्जना, धार्मिक पर्यटन प्रवर्द्धन, सनातन हिन्दू राष्ट्र नेपाल र रामराज्य स्थापना जस्ता मूल एजेन्डालाई पार्टीले प्राथमिकतामा राखेको बताइएको छ।

त्यसैगरी भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास, सुरक्षा तथा स्थायी रोजगारीको माध्यमबाट क्षेत्रको समृद्धि हासिल गर्ने लक्ष्य नेपाल जनता पार्टीको रहेको अभियानका क्रममा स्पष्ट पारिएको थियो।

घरदैलो अभियानले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद स्थापित गर्दै पार्टीप्रति विश्वास र समर्थन बढाउने अपेक्षा गरिएको छ।

Scroll to Top