बहुदरमाईमा नेपाल जनता पार्टीको घरदैलो, ‘हर हर कमल घर–घर कमल’ नारासहित जनसम्पर्क तीव्र

Spread the love

बीरगञ्ज , माघ १८पर्सा जिल्ला क्षेत्र नम्बर–२ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नम्बर–३ नगरदाहा र वडा नम्बर–६ गम्हरियारमा आज नेपाल जनता पार्टीले व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेको छ।‘हर हर कमल घर–घर कमल’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा स्थानीय युवाहरू, महिला तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। घरदैलोका क्रममा युवाशक्ति, महिला र विद्यार्थीहरूलाई उच्च सम्मान व्यक्त गर्दै पार्टीको नीति, कार्यक्रम र भावी दृष्टिकोणबारे जानकारी गराइएको थियो।कार्यक्रममा नेपाललाई सनातन हिन्दू राष्ट्र घोषणा गर्दै रामराज्य स्थापनाको अवधारणा, भ्रष्टाचारमुक्त समाज निर्माण, शिक्षा–स्वास्थ्यमा सुधार, सुशासन, विकास, सुरक्षा र रोजगारीका अवसर सिर्जना गर्दै क्षेत्रको समग्र समृद्धि हासिल गर्ने नेपाल जनता पार्टीको प्रतिबद्धता प्रस्तुत गरिएको थियो।स्थानीय बासिन्दाहरूले घरदैलो अभियानप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै परिवर्तन र विकासको अपेक्षा व्यक्त गरेका छन्।

Scroll to Top