वीरगन्ज , जेठ १६
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ को प्रथम वडा अधिवेशन सानो डुमरवानामा सम्पन्न भएको छ।

नगर समिति सभापति सुरेशराज केसीको उपस्थितिमा सम्पन्न अधिवेशनले गोविन्द्र चौधरीको सभापतित्वमा नयाँ वडा समिति गठन गरेको हो।
गठित समितिको उपसभापतिमा प्रलाद चौधरी, सचिवमा सिकिन्द्र चौधरी चयन भएका छन्। त्यस्तै सदस्यहरूमा सनी माझी, ओमप्रकाश, भगवत चौधरी, रामराज चौधरी तथा सूर्यकला चौधरी रहेका छन्।
समितिमा थप तीन जना सदस्य पछि मनोनयन गरिने जानकारी दिइएको छ।

अधिवेशनले वडास्तरमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध विस्तार गर्ने तथा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्य लिएको आयोजकले जनाएको छ। नयाँ नेतृत्व चयनसँगै वडा नं. १३ मा रास्वपाको संगठन विस्तार र सक्रियता बढ्ने विश्वास व्यक्त गरिएको छ।



