थारु पत्रकार संघ पर्साको अध्यक्षमा पुनम चौधरी, सचिवमा अर्जुन चौधरी चयन

Spread the love

वीरगञ्ज , असार 13

थारु पत्रकार संघ पर्साको जिल्ला अधिवेशन सम्पन्न गर्दै नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ। अधिवेशनबाट पुनम चौधरी अध्यक्ष तथा अर्जुन चौधरी सचिवमा सर्वसम्मत चयन भएका छन्।


नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा एन्जल चौधरी, पुरुष उपाध्यक्षमा रामकिशोर चौधरी, सहसचिवमा अजय पञ्जियार तथा कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।


अधिवेशन कार्यक्रम शम्भु महतो थारुको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा शान्तकुमार चौधरी प्रमुख अतिथि, सन्तोष दहित विशिष्ट अतिथि तथा दुष्यन्त चौधरी, परमानन्द चौधरी, शेखर चौधरी, ओमप्रकाश चौधरी लगायतको आतिथ्यता एवं सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


नवनिर्वाचित पदाधिकारीहरूले थारु पत्रकारहरूको क्षमता अभिवृद्धि, पेशागत हकहितको संरक्षण तथा संगठनलाई अझ सशक्त, सक्रिय र प्रभावकारी बनाउँदै नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। अधिवेशनले संगठनलाई थप एकताबद्ध र गतिशील बनाउने विश्वास सहभागीहरूले व्यक्त गरेका छन्।

Scroll to Top