जनमत पार्टी पर्साको प्रवक्तामा शहनवाज राकि नियुक्त

Spread the love

वीरगञ्ज , असोज २०

जनमत पार्टी जिल्ला समन्वय समिति पर्साले शहनवाज राकिलाई जिल्ला प्रवक्तामा नियुक्त गरेको छ।

जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जारी गरेको नियुक्तिपत्रमार्फत राकिलाई पार्टीको प्रवक्ता पदमा नियुक्त गरिएको हो। नियुक्तिपत्रमा पार्टीप्रति उनले पुर्‍याएको योगदान, लगनशीलता र सक्रियताको उच्च मूल्याङ्कन गर्दै प्रवक्ताको जिम्मेवारी दिइएको उल्लेख छ।

पार्टीको विधान तथा नीति–नियमअनुसार प्रवक्ताको जिम्मेवारी दिइएको जनमत पार्टी पर्साले जनाएको छ। प्रवक्ताका रूपमा राकिले पार्टीका विचार, नीति तथा सार्वजनिक गतिविधिहरूलाई आम जनमानस र सञ्चारमाध्यमसमक्ष आधिकारिक रूपमा सम्प्रेषण गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।

नियुक्तिपत्रमा पार्टीले राकिले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै सफल तथा प्रभावकारी कार्यकालको शुभकामना दिएको छ।

जिल्ला अध्यक्ष सर्राफले हस्ताक्षर गरेको नियुक्तिपत्रमार्फत राकिलाई औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी दिइएको हो।

Scroll to Top