वीरगञ्ज, साउन १४
शैक्षिक क्षेत्रमा उत्कृष्टता र सबैका लागि पहुँचयोग्य गुणस्तरीय शिक्षाको ग्यारेन्टी दिने उद्देश्यसहित वीरगन्ज–१०, रानीघाटस्थित बनारसी चोकमा अवस्थित आधुनिक इन्स्टिच्युटले नयाँ शैक्षिक सत्रका लागि भर्ना खुला गरेको छ।
संस्थानले कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूलाई मासिक मात्र रु. १००० मा सम्पूर्ण विषयहरूको अध्यापन गराउने व्यवस्था मिलाएको छ। यस्तै, कक्षा ६ देखि १० सम्मका लागि मासिक रु. १२५० मा उत्कृष्ट र अनुभवी शिक्षकहरूमार्फत शिक्षण गराइने जानकारी दिइएको छ।
साथै, +2, BBS र MBS तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि फुल कोर्ष रु. ३५०० मा उपलब्ध गराइएको संस्थाका निर्देशक भगिरथ शर्मा (MBS in Account, १३ वर्षको शिक्षण अनुभव) ले जानकारी दिए।
भविष्यमा थप व्यावसायिक तथा प्रतिस्पर्धात्मक परीक्षाका तयारी कक्षाहरू पनि सञ्चालनमा ल्याउने योजना रहेको जनाइएको छ। विशेषतः प्रहरी तयारी, अंग्रेजी भाषा कोर्स, बैंकिङ प्रणाली तथा शिक्षक सेवा आयोगका लागि तयारी कक्षा छिट्टै सुरु गरिने संस्थाका सञ्चालक भगीरथ साहले जानकारी दिए।
स्थानीय समुदायमा गुणस्तरीय शिक्षा सहज मूल्यमा उपलब्ध गराउने लक्ष्यसहित अघि बढेको यस संस्थाबाट धेरै अभिभावकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।


