बिरगंज, बैशाख १३

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा छपकैया वडा नं. २ स्थित छटघाट धर्मशालामा शनिबार एक बृहत निशुल्क आँखा शिविर सम्पन्न भएको छ। कार्यक्रममा सामुदायिक सेवा केन्द्र छपकैया-२ का अध्यक्ष हाजी ग्यासुदिन ठकुराईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिको रुपमा वीरगंज महानगरपालिकाका उप–मेयर इम्तियाज आलम सहभागी थिए।

शिविरको विशिष्ट अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, शस्त्र प्रहरी प्रमुख एसपी राधेश्याम धिमाल तथा वडा अध्यक्ष रियाज मिया तेली रहेका थिए। शिविरमा बिरगंज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीको विशेष सहयोग रहेको थियो।

शिविरमा १४९ जना बिरामीको आँखा परीक्षण गरिएको थियो, जसमा ३५ जनामा मोतियाबिन्दुको समस्या पहिचान गरिएको थियो। शिविरमा निशुल्क औषधि, आई ड्रप वितरण गरिएको थियो भने मोतियाबिन्दु पत्ता लागेकाहरूलाई वीरगंज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने व्यवस्था गरिएको अध्यक्ष ठकुराईले जानकारी दिए।

उनका अनुसार, “गाउँघरमा रहेका गरिब, निमुखा र आर्थिक अभावका कारण अस्पताल पुग्न नसक्ने व्यक्तिहरूलाई लक्षित गरी यस्तो सेवा प्रदान गरिएको हो, जसले गर्दा कसैले पनि आँखाको उपचार बिना अन्धकार जीवन बिताउन नपरोस्।”

शिविरमा अतिथि राससका बिरगंज कार्यालय प्रमुख हिमाल लम्साल, वडा सदस्य बसिर मिया हजाम, सामुदायिक सेवा केन्द्र छपकैया-२ का सचिव प्रबिण बिक्रम शाह, सदस्य अजित भुजेल, धिरज शर्मा, अरुण गोयल, अब्दुल कैश तेली लगायत सुरक्षाकर्मी प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर सिंह ठकुरी, प्रहरी सहायक हवल्दार मणि भुषण यादव, पनालाल कुमार पन्डित, तथा प्रहरी जवान सोलाजिम मियाको उपस्थिति रहेको थियो।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version