पर्सा गढ़ी ९ मानवा बडेरवामा राप्रपाकी बिना जयसवाल कुर्मीको घरदैलो तिब्र

Spread the love

बीरगञ्ज, फागुन ५ 

पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार बिना जयसवाल कुर्मी ले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेकी छन्।

सोमबार उनले पर्सागढी नगरपालिका–९ स्थित मानवा बडेरवा क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गर्दै स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरिन्। घरदैलोका क्रममा कुर्मीले आगामी निर्वाचनमा राप्रपाको चुनाव चिन्ह ‘हलो’ मा मतदान गर्न आग्रह गर्दै पार्टीको नीति तथा कार्यक्रमबारे जानकारी गराएकी थिइन्।

मतदाताको घरघरमा पुगेर आफ्ना एजेन्डा र योजनाबारे स्पष्ट पार्दै उनले क्षेत्रको समग्र विकासका लागि राप्रपा नेतृत्व आवश्यक रहेको जिकिर गरिन्। पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा रोजगारमुखी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरिन्।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले सडक, खानेपानी, सिँचाइ लगायत दैनिक जीवनसँग जोडिएका समस्या र सुझाव उम्मेदवारसमक्ष राखेका थिए। ती विषय समाधानका लागि राजनीतिक तहबाट आवश्यक पहल गर्ने आश्वासन कुर्मीले दिएको अभियान टोलीले जनाएको छ।

वीरगञ्ज केन्द्रित निर्वाचन गतिविधिसँगै राप्रपाले पर्सा–२ क्षेत्रमा वडा तथा टोल स्तरसम्म घरदैलो, छलफल र भेटघाट कार्यक्रमलाई अझ सघन बनाउँदै लैजाने जनाएको छ।

Scroll to Top