पर्सा–२ मा राप्रपाको चुनावी सरगर्मी बढ्दो, बिना जयसवाल कुर्मी र प्रियंका यादवद्वारा वीरगञ्जका वडामा घरदैलो

Spread the love

बीरगञ्ज , फाल्गुन ८ 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बिना जयसवाल कुर्मी तथा समानुपातिक उम्मेदवार प्रियंका यादव ले आफ्नो चुनावी अभियानलाई तीव्रता दिँदै वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ६, ७, ९ र १० मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो अभियानका क्रममा उम्मेदवारहरूले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रका समस्या, आवश्यकता र विकासका सम्भावनाबारे छलफल गरेका थिए। उनीहरूले सुशासन, रोजगारी, शिक्षा–स्वास्थ्य सुधार र स्थानीय विकासलाई प्राथमिकतामा राख्दै जनताको विश्वास र समर्थन मागेका छन्।

अभियानका क्रममा स्थानीय बासिन्दाबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताउँदै उम्मेदवारहरूले पर्सा–२ मा राप्रपाको संगठन विस्तारसँगै चुनावी माहोल थप सशक्त बन्दै गएको दाबी गरेका छन्।

Scroll to Top