वीरगञ्ज, वैशाख १४


यहाँको स्थानीय सूर्य मन्दिर प्राङ्गणमा पहलगाम, कश्मीरमा भएको निर्मम हत्याको विरोधमा क्यान्डल बालेर २६ जना पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै २ मिनेट मौन धारण गरी पीडितहरूको आत्माको शान्तिको लागि प्रार्थना गरिएको थियो। क्लबका सदस्यहरूले उक्त जघन्य हत्याको कडा निन्दा गर्दै भारत सरकारसँग दोषीहरूलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन्।

उनीहरूले कश्मीरलाई भारतको स्विट्जरल्याण्ड जस्तै रहेको र सधैँ पर्यटकहरूको भीड रहने क्षेत्र भएकाले पूर्ण सुरक्षा व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

कार्यक्रममा लायन बिमल सर्राफ, लायन मोहम्मद निजामुद्दीन, लायन नारायण रुंगटा, लायन पवन किशोर कुशवाहा, लायन पंकज बरनवाल, लायन अजय हिसारिया, लायन अमित कुमार, लायन सीमा बरनवाल, लायन सुशीला धानोठिया, लायन गीता कुशवाहा, लायन दीपा कुमारी, लायन नीलम हिसारिया लगायतका सदस्यहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमको जानकारी लायन्स क्लब अफ रक्सौलका सचिव तथा मिडिया प्रभारी लायन बिमल सर्राफले प्रेसलाई दिएका थिए।

Share.
Leave A Reply

सूचना विभाग दर्ता नं:

© 2026 NewsParsa News Network | All rights reserved.
Exit mobile version