Spread the love

वीरगञ्ज । पौष ५

 पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

पौष २ गते सफल एकेडेमी, वीरगञ्जको प्राङ्गणमा सम्पन्न भेलाले माघी (खिचडी) मूल समारोह समिति २०८२ गठन गरेको हो। उक्त कार्यक्रम २०८१ का संयोजक प्रविन चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो। भेलामा वीरगञ्जमा बसोबास गर्ने बारा, पर्सा र रौतहट जिल्लाका थारू समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी, भद्रभलाद्मी तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

भेलामा थारू कल्याणकारी सभा पर्साका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले माघी पर्वको सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वबारे प्रकाश पार्दै पर्वलाई एकताबद्ध रूपमा मनाउनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी थारू नागरिक समाज बारा, पर्सा र रौतहटका संयोजक परमानन्द चौधरीले कार्यक्रम सफल बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए।

गठित समितिअनुसार जगबहादुर चौधरी (बारा) संयोजक (सभापति) चयन भएका छन् भने उप–संयोजकमा शम्भु महतो थारू (पर्सा) र मनोज चौधरी (रौतहट) रहेका छन्। समितिमा प्रविन चौधरी, परमानन्द चौधरी, प्रमोद कुमार चौधरी, हरिकिशोर चौधरी, हृदयानारायण चौधरी, लक्ष्मण चौधरी, रामदत्त प्रसाद चौधरी, विजय ओझा, पूनम चौधरी, अजय चौधरी, चन्द्र प्रकाश चौधरी, नन्दकिशोर पञ्जियार, विकास चौधरी, रामसुन्दर चौधरी, मनोज चौधरी, शेखर चौधरी, भुनेश्वर चौधरी र दिपेन्द्र चौधरी सदस्यका रूपमा रहेका छन्।

नयाँ समितिले थारू समुदायको मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै माघी पर्वलाई सबैको सहभागितामा उल्लासमय रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *