एनपिएलमा हराएको कुशलको ब्याटिङ लयमा आउदै

Spread the love

कुशल भुर्तेलका लागि नेपाल प्रिमियर लिगको सुरुवात बिर्सनलायक रहेको थियो । आफूले सामना गरेको पहिलो बलमै पाकिस्तानी सोहेल तन्भिरविरुद्ध फितलो सट खेलेर आउट भएका कुशलको पूरा सिजन रन जोड्ने संघर्षमै सिमित रह्यो ।

कुशलको कमजोर प्रदर्शनकै कारण पनि उनी मार्की तथा कप्तान रहेको पोखरा एभेन्जर्स लिग चरणबाटै बाहिरियो । ८ टोली सहभागी एनपीएलमा पोखरा ७ खेलमा २ मा जित र ५ मा हारका सातौं स्थानमा रहँदै आउट भयो ।

पोखराले लुम्बिनीसँग १७१ रनको लक्ष्य १० विकेट तथा विराटनगरलाई सुपर ओभरमा हराउन बाहेक अन्यका राम्रो गर्न सकेन । पोखराको सुरुवात नै बिर्सनलायक रह्यो । पहिलो खेलमा चितवन राइनोजसँग १६२ रनको लक्ष्य पछ्याउनेक्रममा ७४ रनमा अल आउट भएको थियो । उक्त खेलमा एक समय टोली ७-६ को दयनीय स्थितिमा थियो ।

त्यसपछि जनकपुर बोल्ट्सविरुद्ध १३८ रन र कर्णाली याक्सविरुद्ध १०३ रनमा अल आउट हुँदै दुवै खेलमा समान ७ विकेटको हार बेहोर्यो । काठमाडौंविरुद्ध १३८ रन बनाउँदै ६ विकेटले पराजित र सुदूरपश्चिमविरुद्ध १५४ रनको लक्ष्य पछ्याउनेक्रममा ५ रनले हार्न पुग्यो ।

कप्तान कुशल भुर्तेलको खराब लय पोखराको कमजोर प्रदर्शनको एक कारण हो । किनभने पोखरालाई ओपनर एन्ड्रिस गौस र दिनेश खरेलले राम्रो सुरुवात दिलाएपनि तेस्रो नम्बरका ब्याटर उनले राम्रो गर्न नसक्दा सबै खेलमा कमजोर ब्याटिङ गर्यो ।

कुशलले ६ इनिङमा कुशल ६५ बल खेल्दै कुल ५४ रन बनाए । औसत ९ रन, स्ट्राइकरेट ८३.०७, ४ चौका र २ छक्का मात्रै सामेल छ । जसमा दुई पटक उनी डक आउट (सुदूर र चितवन) आउट भए । विराटनगरविरुद्ध ३४ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१, जनकपुरविरुद्ध ६, कर्णालीसँग १० र काठमाडौंसँग ७ रनमा आउट भए । बलिङ पाँच विकेट उनको नाममा रह्यो ।

कप्तान तथा नेपाली टोलीको प्रमुख खेलाडीको रुपमा यस प्रतियोगितामा निकै कमजोर प्रदर्शन गरेका छन् । जुन स्वयम आफैं पनि सम्झन चाहन्नन् । यस खराब लयमा उनी पनि जवाफविहीन छन् ।’यो खराब लयलाई मैले आफैंले बुझ्न सकेको छैन । यसको कुनै जवाफ छैन’, कुशलले आफ्नो खराब लय बारे भने ।

पोखराको लागि एन्ड्रिस गौसले एक शतक सहित सर्वाधिक २ सय २४ रन बनाए । उनले लुम्बिनीविरुद्ध १०४ रनको ऐतिहासिक शतक हाने । जुन एनपीएलको पहिलो र हालसम्म एक्लो शतक हो । त्यसपछि अर्का ओपनर दिनेश खरेलले १ सय ६२ मध्यक्रमका ब्याटर राइमन रिफले १ सय ४६ रन जोडे । अन्य कुनैपनि ब्याटरले पुरा प्रतियोगिताभर ६० रन कटाउन सकेनन् । किरण ठगुन्ना ३३, नारायण जोशी ३८, दीलिप नाथ ४६, माइकल लिस्क ४४, जेन मलिक १४ र म्याट क्रिच्लेले ५२ रन जोडे ।

Scroll to Top