प्रेमिकाको हत्या गर्ने अभियोगमा प्रेमी वीरगञ्जबाट पक्राउ

Spread the love

प्रेमिकाको हत्या अभियोगमा फरार रहेका सर्लाहीका एक युवकलाई प्रहरीले दुई महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चक्रघाटा गाउँपालिका–९, कोरिया निवासी २५ वर्षीय मन्दिपकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार, असोज २३ गते बर्दिबास नगरपालिका–५ टुटेश्वर जङ्गलको खोल्सीमा अज्ञात महिलाको शव भेटिएको थियो । अनुसन्धानकै क्रममा मन्दिपकुमारलाई वीरगञ्जबाट पक्राउ गरिएको हो ।

अभिभावकको बयान र अनुसन्धानमा खुलाएअनुसार, मृतक महिला अनु राय हुन्, जसको शव घटनास्थलमा फेला परेको थियो । अनुका परिवारले असोज २२ गते उनी वीरगञ्ज जाँदै छु भनेको जानकारी दिए पनि त्यसपछि उनी सम्पर्कविहीन भएकी थिइन् । पाँच दिनपछि शवको पहिचान भएको थियो ।

Scroll to Top