वीरगञ्ज , चैत्र १ 

मिति २०८२ फागुन ४ गते सोमबारको दिन यस न्युज पर्सा प्रा.लि.द्वारा सञ्चालित फेसबुक पेज Newsparsa मा प्रकाशित “वीरगञ्ज: भूमिसुधार कार्यालय हाकिममाथि १० लाख घुस मागको आरोप” को भिडियो सामग्री, फागुन ६ गते यात्रा डेली प्रा.लि. द्वारा सञ्चालित www.newsparsa.com वेबसाइटमा प्रकाशित “घुस मागेको विषयलाई मोड्न केही सञ्चारकर्मी बोलाई चोखिने प्रयास गर्दै पर्साका मालपोत अधिकृत खत्री” शीर्षकको समाचार र फागुन ७ गते “आदर्शनगर नगर विस्तारको जग्गामा लफडा लगाएको भन्दै विवादमा तानिए मालपोत कार्यालय पर्साका प्रमुख खत्री” शीर्षकमा प्रकाशित समाचारको विषयमा आफूलाई पीडित बताउने भूमिसुधार तथा मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत खेमराज खत्रीले समाचारहरूको खण्डन गर्दै पठाएको पत्र यहाँ प्रकाशित गरिएको छ । समाचारमा उनले आफूसँग प्रतिक्रिया नै नलई समाचार प्रकाशित गरिएको भन्दै आपत्ति जनाउनुका साथै उनीमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार रहेको र प्रमाणित गरेर देखाउन चुनौती समेत दिएका छन् । खत्रीले समाचार खण्डन गर्न भन्दै हामीलाई ह्वाट्सएप मार्फत पठाएको पत्र ज्युँका त्यूँ यहाँ प्रकाशित गरिएको छ ।

 समाचारबाट खत्रीको भएको व्यक्तिगत मानमर्दनका लागि हामी क्षमाप्रार्थी छौँ । – सम्पादक ।

Share.
Leave A Reply

Exit mobile version