सिमरा, बारा
भाद्र ७
नेशनल प्याब्सन सिमरा डुमरवाना हबको आयोजनामा र स्नो एपेक्स विद्यालयको प्रायोजनमा दोस्रो स्नो एपेक्स तीज नृत्य प्रतियोगिता शनिबार विद्यालयको मैदानमा भव्यतापूर्वक सम्पन्न भएको छ ।
प्रतियोगितामा जीतपुर सिमरा उपमहानगरपालिकाभित्रका ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । तीमध्ये एस.पी.एस. सिमरा प्रथम, बारा एकता सिमरा द्वितीय, एक्स सर्विस म्यान डुमरवाना तृतीय तथा सेन्ट जोन्स चतुर्थ भएका छन् ।

विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा कप प्रदान गरिएको थियो ।
कार्यक्रमको सभापतित्व विद्यालयकी प्रिन्सिपल मीना चौधरीले गर्नुभएको थियो भने प्रमुख अतिथि सामाजिक अभियन्ता देव नारायण चौधरी रहनु भएको थियो । सो अवसरमा जीतपुर सिमरा उपमहानगरपालिकाका उपमेयर भोला अधिकारी विशिष्ट अतिथि रहनु भएको थियो । वडा नं १२ का अध्यक्ष श्याम बाबु खा, वडा नं १३ का अध्यक्ष हेम नारायण चौधरी अतिथि रहनुभएको थियो ।

कार्यक्रमको सञ्चालन राम बहादुर चौधरीले गर्नुभएको थियो ।
स्नो एपेक्स विद्यालयले स्थापना कालदेखि नै गुणस्तर शिक्षा साथै अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिंदै आएको तथ्य विद्यालय परिवारले स्मरण गराएको छ ।



