नेकपा एमाले पर्सा–३ बाट रुपेश पाण्डेलाई टिकट, पार्टीले थप जिम्मेवारी पनि दियो

Spread the love

वीरगञ्ज , माघ ६

नेकपा एमालेले पर्सा क्षेत्र नम्बर ३ बाट रुपेश पाण्डेलाई उम्मेदवारको टिकट दिएको छ।

केही समयदेखि रुपेश पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा जाने चर्चा चले पनि उहाँले त्यसलाई हल्लामात्रै भएको खण्डन गर्दै सामाजिक सञ्जालमार्फत आफू नेकपा एमालेमै रहने स्पष्ट इच्छा व्यक्त गर्नुभएको थियो।

पार्टीप्रतिको प्रतिबद्धता सार्वजनिक गरेलगत्तै आज नेकपा एमालेले उहाँलाई पर्सा–३ को उम्मेदवार बनाउँदै थप जिम्मेवारी समेत प्रदान गरेको छ।

एमालेको निर्णयसँगै पर्सा क्षेत्र नम्बर ३ मा पार्टीको चुनावी गतिविधि थप सक्रिय बनेको छ।

Scroll to Top