ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट “पुलिस अफ द मन्थ” घोषित

Spread the love

वीरगञ्ज, पर्सा 

श्रावण , ०६

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगंज पर्साका प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैया बाराद्वारा “POLICE OF THE MONTH” घोषण गरिएको छ।

विभागीय मूल्य मान्यता, आदेश निर्देशन अनुसार प्रहरी निरीक्षक भट्ट नेतृत्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा मातहत टिमले इमानदार, कर्तव्यनिष्ठ, अनुशासित तथा लगनशील ढंगले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्य गर्दै आएका छन्।

हालै मात्र सम्पन्न आर्थिक वर्षको तुलनामा अघिल्लो आर्थिक वर्षको तुलनामा मधेश प्रदेश अन्तर्गतका आठवटै जिल्ला ट्राफिक प्रहरी कार्यालयमध्ये वीरगञ्ज पर्सा कार्यालयले सबैभन्दा बढी राजस्व संकलन गर्दै उत्कृष्ट कार्य सम्पादन गरेको छ।

त्यसैगरी, ट्राफिक जनचेतनामूलक कार्यक्रम सञ्चालन, ट्राफिक व्यवस्थापनमा सुधार र नागरिकमैत्री सेवा प्रवाहमा समेत कार्यालयले उदाहरणीय भूमिका निर्वाह गरेको छ।

यस सफल कार्यप्रति उच्च मूल्यांकन गर्दै प्रहरी निरीक्षक लोकराज भट्टलाई “POLICE OF THE MONTH” को रुपमा सम्मानित गरिएको हो।

उक्त सम्मानले सम्पूर्ण ट्राफिक प्रहरी टिमलाई अझ जिम्मेवार र प्रेरित बनाउने विश्वास लिइएको छ।

Scroll to Top