रवि सर्राफ र बिक्रम बल्जितको रिहाइपछि भव्य स्वागत, ‘राष्ट्रप्रेमको विजय’को रूपमा उत्सव

Spread the love

वीरगञ्ज वैशाख ३१

अर्जुन चौधरी

 हिन्दुवादी अभियन्ता रवि सर्राफ र बिक्रम (बल्जित) जिल्ला अदालत पर्साबाट थुनछेक बहसपछि रिहा भएसँगै उनीहरूको भव्य स्वागत गरिएको छ। रिहाइपछि जिल्ला प्रहरी कार्यालय, पर्साको प्रांगणमै जयश्रीरामका नारासहित समर्थकहरूको विशाल भिडले उनीहरूलाई फूलमालाले सम्मान जनाउँदै स्वागत गरे।

हनुमान जन्मोत्सव को उपलक्ष्यमा निकालिएको र्यालीमा हिंसात्मक गतिविधि हुँदा हिन्दू समार्तक हरुको तर्फबाट दुई जना लाई थुनामा राखी आवस्यक अनुसन्धान भइरहेको थियो ।

स्वागत समारोह राष्ट्रिय समता पार्टी नेपाल बिरगंज महानगर कार्यसमिति संयोजक अमर सर्राफको अगुवाइमा सम्पन्न भएको हो। कार्यक्रममा हिन्दुवादी संघसंस्था तथा स्थानीय प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समारोहलाई सम्बोधन गर्दै अमर सर्राफले भने, “हिन्दू स्वाभिमानको रक्षा गर्ने योद्धाहरूको सम्मान गर्नु हाम्रो कर्तव्य हो। रवि सर्राफ र उनका साथीसँग अन्याय भएको थियो, तर आज न्यायले जितेको छ।”

हिन्दुवादी संघसंस्थाका प्रतिनिधिहरूले रिहा भएका अभियन्ताहरूको साहस, समर्पण र राष्ट्रहितमा लिइएको भूमिकाको खुलेर प्रशंसा गरे। स्थानीय बासिन्दाहरूले पनि उनीहरूको पक्षमा समर्थन जनाउँदै राष्ट्रिय एकताको लागि संघर्ष जारी राख्न आह्वान गरे।

रिहाइलाई धेरैले सत्य, धर्म र राष्ट्रप्रेमको विजयको रूपमा हेरेका छन्। घटनाले धार्मिक आस्था र सामाजिक एकताको सन्देशसमेत दिएको सहभागीहरूको भनाइ थियो।

Scroll to Top